राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाईयाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०८
  • |
  • 3790 पटक हेरिएको

हाइलाइट्स

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मंगलबार ५० खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले साफ च्याम्पियनसिप र एशियन कप छनौटको तेस्रो चरणका लागि पहिलो चरणमा ५० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुबै प्रतियोगिताका लागि पहिलो चरणमा ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन । 

जसमा टिमको प्रशिक्षण जुलाई एक तारिखबाट सुरु हुने भएको छ । प्रशिक्षणमा बोलाइएका खेलाडीलाई दुई समुहमा विभाजन गरेर प्रशिक्षण गराइने भएको छ । जसमा विहान १० बजे एक समुह र साँझ चार बजे अर्को समुहले प्रशिक्षण गर्नेछन । 

यसअघि कुनैपनि प्रतियोगिताका लागि ३५ जना भन्दा बढिलाई क्याम्पमा बोलाउने प्रचलनलाई प्रशिक्षक अब्दुल्लाहले तोडेका छन । 

साफ च्याम्पियनसिप र एशियन कपको तेस्रो चरणको छनौटका लागि प्रशिक्षक अब्दुल्लाले पहिलो चरणमा बोलाएका खेलाडीको सूचीमा ६ जना गोलकिपरलाई राखिएको छ । जसमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दिप कार्की, किरण चेम्जोङ छन । 

बाँकी खेलाडी यसप्रकार छन । 

आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्चेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रवी पासवान, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदील राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ ।

बंगलादेशमा हुने साफ च्याम्पियनसिप सेप्टेम्बरमा हुने तालिका रहेको छ । यस्तै एशियन कपको तेस्रो चरणको छनौट खेल २०२२ को फेब्रेवरी एकबाट हुनेछन । यी दुई प्रतियोगिता खेल्न जानु अगाडी नेपाली टिमले केहि मैत्रीपुर्ण खेलको तालिका राखेको छ । तर त्यो एन्फाले एकिन गर्न बाँकी रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey