समुह बिजेताकाे रूपमा नकआउट चरणमा पुग्ने लक्ष्यमा बेल्जियम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 1203 पटक हेरिएको

हाइलाइट्स

रुस र डेनमार्क तथा बेल्जियम र फिनल्याण्ड रातीको पौने एक बजे आमने सामने हुँदैछन् । यो समुहबाट बेल्जियमले लगातार दुइ खेलमा जित हात पारी अन्तिम १६ मा स्थान बनाइ सकेको छ ।

युरोकप अन्तगर्त समुह बीका अन्तिम खेलमा आज २ महत्वपुर्ण खेल हुँदैछन् । 

रुस र डेनमार्क तथा बेल्जियम र फिनल्याण्ड रातीको पौने एक बजे आमने सामने हुँदैछन् । यो समुहबाट बेल्जियमले लगातार दुइ खेलमा जित हात पारी अन्तिम १६ मा स्थान बनाइ सकेको छ ।

विश्व नम्बर एक  बेल्जियमले समुहको अन्तिम खेलमा फिनल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल रुसको सेन्ट पिर्टसबर्गमा हुनेछ । बेल्जियम शतप्रतिशत नतिजाकासाथ अन्तिम १६ मा प्रवेश गर्ने लक्ष्यमा छ । उसले बराबरी खेलेमा मात्र पनि समुह बिजेताका रुपमा नकआउट चरणमा प्रवेश गर्नेछ ।

फिनल्याण्ड तीन अंकका साथ तेस्रो स्थानमा छ । यदि यो खेलमा बेल्जियमले पराजय ब्येहोरे फिनल्याण्डले अघिल्लो चरणमा प्रवेश गर्नेछ । तर त्यसको लागि रुसले डेनमार्कसँग हार ब्येहोर्नुपर्नेछ ।

अथवा बराबरीमा रोकीनुपर्नेछ । यता दोस्रो स्थानको रुसले डेनमार्कलाई हराएको खण्डमा अन्तिम १६ मा प्रवेश गर्ने ।

अंकविहीन डेनीस टोलीले रुसलाई दुइ वा दुइ भन्दा गोलले हराएमा डेनमार्कको पनि सम्भावना रहनेछ । यसको लागि बेल्जियमको जित पनि आवश्यक छ । रुस र डेनमार्कको खेल कोपनहेगनमा हुनेछ । 

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey