राष्ट्रिय क्रिकेट टिमकाे नयाँ जर्सीमा ५०० भन्दा बढिकाे डिजाइनरकाे प्रस्ताव

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०७
  • |
  • 2175 पटक हेरिएको

हाइलाइट्स

पुरुष राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याड र क्यानले संयुक्त रुपमा जर्सीको नयाँ डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा गरेको थियो । 

नेपाल क्रिकेट संघले आह्वान गरेको पुरुष राष्ट्रिय टिमको जर्सी डिजाइनमा पाँच सय भन्दा बढिले डिजाइनहरु पठाएका छन । पुरुष राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याड र क्यानले संयुक्त रुपमा जर्सीको नयाँ डिजाइनका लागि खुल्ला प्रतिस्पर्धा गरेको थियो । 

जसमा ५०० भन्दा बढिले डिजाइन पठाएको क्यानले जनाएको छ । यसअघिको जर्सीमा चौतर्फी आलोचना भएपछि क्यानले नयाँ जर्सीको डिजाइनका लागि खुल्ला आह्वान गरेको थियो । जसका लागि जसले पनि आइसीसी र एसीसीको नियममा रहेर जर्सी डिजाइन गर्नुपर्ने बताएको थियो । 

क्यानले तोकेको मिती अनुसार पाँच सय भन्दा बढिले डिजाइन पठाएका हुन । नयाँ जर्सीको डिजाइन फाइनल गर्नका लागि क्यानले बोर्ड सदस्य छुम्बी लामासहित चार जनाको कमिटी बनाएको छ । जसमा क्यानका जनरल म्यानेजर रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र एड प्याडका प्रतिनिधी रहेका छन । 

सो कमिटीले दोस्रो चरणमा जर्सीको डिजाइन सर्टलिष्ट गरेर बोर्डलाई पठाउनेछ । त्यसपछि क्यानको बोर्डले अन्तिम डिजाइन फाइनल गर्नेछ । पास भएको जर्सी स्पेनमा हुने त्रिकोणात्मक सिरीजमा प्रयोग गर्ने बताइएको छ । 

नेपालले त्रिकोणात्मक सिरिजमा जुलाईको अन्तिम साता स्पेनमा खेल्ने तालिका छ । जसमा नामिविया र स्कटल्याण्डले सहभागिता जनाउनेछन । अन्तिममा छनौट हुने डिजाइनको डिजाइनरले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey