टोकियो ओलम्पिकको तयारीका लागि बीसीसीआईद्वारा १० करोड सहयोग

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०६
  • |
  • 728 पटक हेरिएको

हाइलाइट्स

सो रकम कसरी दिइने भन्ने मोडालिटीका बारेमा भने खेलकुद मन्त्रालय र इन्डियन ओलम्पिक कमिटीसँग छलफल गरेर फाइनल गरिनेछ । 

आसन्न टोकियो ओलम्पिकमा जाने खेलाडीको तयारीका लागि भारतीय क्रिकेट बोर्ड बीसीसीआईले १० करोड भारतीय रुपैयाँ सहयोग गरेको छ । 

बीसीसीआईको एपेक्स काउन्सिलको बैठकमा बोर्डका अध्यक्ष सौरभ गांगुलीले यो निर्णय गरेका हुन । सो रकम ओलम्पिकमा सहभागि हुने खेलाडीको तयारीका लागि खर्चं हुने बताइएको छ ।

सो रकम कसरी दिइने भन्ने मोडालिटीका बारेमा भने खेलकुद मन्त्रालय र इन्डियन ओलम्पिक कमिटीसँग छलफल गरेर फाइनल गरिनेछ । 

जुलाई २३ बाट हुने टोकियो ओलम्पिकका लागि खेलाडीको किट प्रायोजकसँग सम्झौता रद्द गरेपछि केहि समस्या देखिएको थियो । जसका लागि पनि बीसीसीआईले सो रकम दिएको हुनसक्ने बताइएको छ । 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey