राष्ट्रिय टिम र प्रदर्शन राम्रो बनाउन प्रशिक्षक अब्दुल्लाह स्वतन्त्र छन् : एन्फा अध्यक्ष शेर्पा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1595 पटक हेरिएको

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई कुनै दबाव नरहेको बताएका छन् । आफू अध्यक्ष भएका नाताले कहिले पनि दवाब नदिने बताउँदै नेपाली टिमको नतिजामा विश्वास गर्ने बताए ।

नेप्लेज टिभीसँगको कुराकानीमा अध्यक्ष शेर्पाले खेलाडी को पर्‍यो कस्को मान्छे पर्‍यो भन्दा पनि कसरी नेपाली टिम राम्रो हुन्छ त्यता तर्फ ध्यान दिन आफूले आग्रह गरेको बताए ।

कतार फुटबल संघको सहयोगमा नेपाल आएका अब्दुल्लाहका कारण अहिले नेपाली फुटबलमा पोजेटिभ भाइभ आइरहको तर्फ इंगित गर्दै आगामी दिनमा अझैं राम्रो प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरे ।

कतार एफएको सहयोगमा नेपाल आएका अब्दुल्लाहको बसाई कति भन्नेहरुको प्रश्न तर्फ संकेत गर्दै अझैं सात महिना बाँकी रहेको र त्यसपछि उनलाई नेपालमै बसाउनका लागि सम्झौताको समय सकिनु अघि नै शुरु हुने बताए । 

उनले भने एन्फा संस्थागतरुपमा अघि बढ्ने संस्था हो । अहिलेनै प्रशिक्षकको विषयमा बोल्ने बेला भएको छैन । उनले राम्रो काम गरेका छन् । आगामी दिनमा पनि राम्रो नै हुन्छ । अहिले यति मात्रै बुझौं ।’

साथै आगामी दिनमा पनि कतारले सहयोग जारी राख्नेमा विश्वस्त रहेका अध्यक्ष शेर्पाले नेपाली टिमको अहिलेको लक्ष्य भनेको साफ च्याम्पियनसिप नै रहेको र त्यसका लागि प्रशिक्षक अब्दुल्लाह तयार रहेको पनि बताए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey