विश्व टेस्ट च्याम्पियनिसप फाइनल : बर्षा बाधक बन्दै

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-०५
  • |
  • 1180 पटक हेरिएको

हाइलाइट्स

  • भारत र न्यूजिल्याण्डबीचकाे फाइनलकाे पहिलाे दिन टस पनि भएन 

भारत र न्यूजिल्याण्डबीचको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल शुरु हुन सकेको छैन ।

इंग्ल्याण्डमा शुक्रबारदेखि शुुरुहुनुपर्ने यो फाइनल खेल बर्षाका कारण टस पनि हुन सकेको छैन । टेस्ट च्याम्पियनसिपमा रिजर्भ डे पनि राखिएकाले अझै पाँच दिनको समय त बाँकी नै छ । तर पाँच दिनमा तीन दिन पानी पर्ने सम्भावना पनि रहेको छ । वल्ड वेदर अनलाईनका अनुसार त्यहाँ सोमबार र मंगलबार ९० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ ।  

आजको मौसम (१९ जुन)

शनिबार ६० देखि ८० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ । साथै ८६ प्रतिशत बादलले पुरै ढाक्ने पनि जनाइएको छ । शुक्रबारको बर्षाका कारण मैदान ओसिएको पनि भएकाले यदि आज टस भएमा टस जित्ने टिमले बलिङ रोज्न सक्छ । आज दिउँसो ३ बजेदेखि राति १२ बजेसम्म पानी पर्ने सम्भावना पनि रहेको छ ।  

२० जुन
आइतबार पानी पर्नुका साथै घाम पनि लाग्ने अनुमान गरिएको छ । पानी पर्ने सम्भावना ६०–८० प्रतिशत रहेको छ । यस्तोमा म्याच हुन सक्ने आंकलन गरिएको छ भने यस्तोमा स्विङ बलर हावी हुन सक्छन् ।

 २१ जुन 

सोमबार पानी पर्न सक्ने सम्भावना ८०–९० प्रतिशत रहेको छ । जबकी ९९ प्रतिशत बादल लाग्ने छ । बर्षाको सुरुवात राति ३ बजेदेखि दिनभर नै हुने आंशका गरिएको छ । मध्यान्ह १२ बजेदेखि राति ९ बजेसम्म ठूलो बर्षा हुने अनुमान गरिएको छ ।  

२२ जुन
मंगलबार पनि केही सेशन बर्षाका कारण नहुन सक्ने अनुमान गरिएको छ । ८०–९० प्रतिशत पानी पर्ने सम्भावना रहेको छ । यसैगरी सोही दिन हाव पनि लाग्ने अनुमान गरिएको छ । यस्तोमा खेल हुन मुस्किल हुने छ । यस्तो भएमो रिजर्भ डेमा खेल जाने सम्भावना प्रबल रहेको छ ।

 २३ जुन
रिजर्भ डेका दिन बर्षाको सम्भावना ५० प्रतिशत रहेको छ । यो दिन खेल हुने सम्भावना  रहे पनि हावाको बेगले भने प्रभाव पार्ने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey