इंग्ल्याण्ड र स्कटल्याण्ड गोलरहित बराबरीमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०५
  • |
  • 1034 पटक हेरिएको

युरो २०२० अन्तर्गत इंग्ल्याण्ड र स्कटल्याण्ड गोलरहित बराबरी खेलेका छन् । 

Image

वेम्ब्ली स्टेडियममा भएको समूह ‘डी’ अन्तर्गत आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड स्कटल्यान्डसँग गोलरहित बराबरी गर्दै एक एक अंक लिन बाध्य भयो ।

सुरुआतदेखि नै बल पोसेसनमा प्रभाव जमाएको इङ्ल्यान्ड प्रभावकारी फिनिसिङ गर्न असफल रह्यो ।

 यस्तै, समूह डीकै खेलमा क्रोएशिया र चेक गणतन्त्रले एक एक गोलको बराबरी खेलेका थिए ।

३७ औं मिनेटमा चेक टीमले अग्रता लिएको थियो । क्रोएसियाका डेजान लोभरेनलले पेनाल्टी एरियामा चेक खेलाडी प्याट्रिक शिकमाथि फाउल गरेका थिए ।

Image

भिडियो असिस्टेन्ट रेफ्रीले लोभरेनको फाउलमाथि पेनाल्टी दिएपछि शिकले अवसरको सदुपयोग गर्दै चेक गणतन्त्रलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आक्रामक बनेको क्रोएसियाले शुरुमै बराबरी गोल गरेको थियो ।

४७ औं मिनेटमा इभान पेरिसिचले अन्द्रेज क्रमारिचको पासलमा सुन्दर गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए ।

शुक्रबार रातिको नतिजा पछि समूह डीमा चेकगणतन्त्र ४ अंकसहित शीर्ष स्थानमा रहँदा समान चार अंक रहेको इंग्ल्याण्ड दोस्रो स्थानमा छ ।

क्रोएशिया र स्कटल्याडले एक एक अंक रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey