युराे कप: इटली नकआउट चरणमा प्रवेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1108 पटक हेरिएको

इटली युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

स्वीट्जरल्याण्डलाई ३–० गोल अन्तरले पराजित गरेको इटली लगातार दुई खेल जित्दै समूह एबाट अन्तिम १६ मा प्रवेश गरेको हो ।

इटालियन मिडफिल्डर म्यानअल लोकाटेलीले २ गोल गर्दा केइरो इम्मोबाइलले एक गोल गरको थिए । 

१९ औं मिनेटमा इटलकीका कप्तान जर्जियो केलिनीले गरेको गोललाई रेफ्रीले मान्यता दिएनन् ।

लोकाटेली २६ औं मिनेटमा गोल गर्दै इटलीलाई पहिलो हाफमा  १ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको इटलीले दोस्रो हाफमा २ गोल गरेको थियो ।

५२ औं मिेटमा लोकेटेलीले व्यक्तिगत र टिमका लागि  दोस्रो गोल गरेपछि  अग्रता दोब्बर भएको थियो ।

८९ औं मिनेटमा इम्मोबोलले टिमका लागि तेस्रो गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey