आमिर पाकिस्तानबाट फेरी खेल्न सन्यास फिर्ता लिन तयार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 293 पटक हेरिएको

पाकिस्तान क्रिकेट टिमका पूर्व खेलाडी मोहम्मद आमिरले आफु सन्यास फिर्ता लिन तयार रहेको बताएका छन ।

सन् २०२० को डिसेम्बरमा पाकिस्तान क्रिकेट बोर्डले आफ्नो क्रिकेट करियर सक्न खोजेको र आफुलाई सपोर्ट नगरेको भन्दै अचानक सन्यास लिएका आमिरले एक बर्षपनि नपुग्दै सन्यास फिर्ता लिन तयार रहेको बताएका छन ।

२९ बर्षे आमिरले पाकिस्तानी मिडियासँगको कुराकानीमा आफु फेरी पाकिस्तानको जर्सी लगाउनका लागि तयार रहेको बताएका छन । यसअघि आफुले पाकिस्तानमा आफ्ना बालबालिकाको भविष्य नदेखेको भन्दै इंग्ल्याण्ड बसाई गरेका थिए ।

सात महिना अगाडी सन्यास लिँदा त्यो बेलाका छनौटकर्ता तथा प्रशिक्षम मिस्बा उलहकको उनले खुलेरै विरोध जनाएका थिए ।

उनले पाकिस्तानबाट सन्यास लिएपछि फ्रेन्चाइजी लिग भने निरन्तर खेलिरहेका छन । यस्तैमा उनले पाकिस्तान सुपर लिगमा कराँची किंग्सबाट खेल्छन । यस्तै बेलायतमा भइरहेको टी २० ब्लास्टमा पनि सहभागि छन ।

पाकिस्तान क्रिकेट बोर्डका प्रमुख कार्यकारी अधिकृत वासिम खानले उनीसँग उनकै घरमा गएर भेटेको र सन्यास फिर्ताका विषयमा छलफलपनि गरेको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey