‘मलाई भन्दा तिमीहरुलाई बढि चिन्ता लागेको होला’-इरिक्सन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 833 पटक हेरिएको

युरोकप फुटबल अन्तर्गत फिनाल्याण्डविरुद्धको खेलमा मैदानमा नै बेहोस भएर अहिले अस्पतालमा उपचार गराइरहेका डेनमार्कका स्ट्राइकर क्रिस्टियन इरिक्सनले आफ्नो टिमका साथीहरुसँग कुरा गरेका छन । अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएका इरिक्सनले खेलाडीलाई आफु भन्दापनि नराम्रो उनीहरुलाई लागेको भन्दै चिन्ता ब्यक्त गरेका छन ।

अस्पतालको बेडबाट नै भिडियो कलमा कुरा गर्दै उनले त्यो बेला जे भयो, त्यसमा आफुलाई केहि थाहा नभएको र सो घटनाले मलाई भन्दापनि साथीहरुलाई बढि दुःख लागेको हुनुपर्ने बताए ।

शनिबार राती भएको फिनल्याण्डविरुद्धको खेलको पहिलो हाफको अन्तिममा थ्रो बललाई कलेक्ट गर्ने क्रममा अचानक कार्डियाक आक्रमण भएपनि मैदानमा नै बेहोस भएका थिए । जसका कारण केहि समय मैदानमा सन्नाटा नै छाएको थियो ।

उनलाई मैदानमा नै सीपीआर गरेर उनको ज्यान बचाइएको थियो । उनी अस्पतालको बेडमा उपचार गराइराखेपनि परिवार र साथीहरुको निकै चिन्ता गरिरहेका थिए । उनले आफुले धेरै केहि नसम्झिएको र मुख्य चिन्ता खेलाडीहरु के गर्छन भन्ने रहेको बताए । उनले अहिलेको अवस्थामा प्रशिक्षण गर्छु भन्ने समेत लागेको बताए ।

आइतबार पत्रकार सम्मेलनमा डेनमार्क टिमका डाक्टरले एक समय उनी गइसकेको आभाष भएको र उनले स्वास फेरेपनि नाडीको पल्स भने भेटनै कठिन भएको बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey