पर्सिजाका नवनियुक्त प्रशिक्षकले बोलाएपछि रोहित कुवेतबाटै जाकार्ता पुगे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०३
  • |
  • 1542 पटक हेरिएको

इण्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली राष्ट्रिय टोलीका डिफेण्डर रोहित चन्द विश्वकप र एसिया कप छनोटका खेलहरु सकिएसँगै जाकार्ता फर्किएका छन् ।

नेपालले कुवेतमा विश्वकप र एसियन कप छनोटका तीन खेल खेलेको थियो । नेपाली टिम हिजो स्वदेश फर्किसकेको छ ।

इण्डोनेसियाको शीर्ष डिभिजन लिग वान टिम पर्सिजा जाकार्ताबाट खेलिरहेका रोहित नयाँ प्रशिक्षकले बोलाएपछि जाकार्ता पुगेका हुन् ।

पर्सिजाले हालै मात्र इटलीका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय टोलीका सहायक प्रशिक्षक भइसकेका एंगेलो एलेस्सियोलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेको छ । उनी इंग्लिस क्लब चेल्सीका समेत सहायक प्रशिक्षक हुन् । एलेस्सियोले सन् २०११ देखि २०१४ सम्म युभेन्टसको सहायक प्रशिक्षकको जिम्मेबारी लिएका थिए । २०१४ देखि २०१६ सम्म इटली राष्ट्रिय टोलीको जिम्मेबारी संहालेर त्यसपछिको २ वर्ष चेल्सीको सहायक प्रशिक्षक बने ।

लिग वान जुलाईदेखि गर्ने भनिए पनि मिति तोकिएको छैन । नयाँ प्रशिक्षकले क्लबका स्वदेशी÷विदेशी सबै खेलाडीलाई भेट्न चाहेको हुनाले रोहित उतैबाट गएको हो,’ रोहितका दाइ रोविन चन्दले भने, ‘यसै पनि नेपालमा केहि गतिविधि तत्काल हुने छैन । उता भयो भने टिमको साथमा नियमित प्रशिक्षण पनि हुन्छ ।’

लामो समयदेखि लिग वान खेलिरहेका रोहितको पर्सिजासँगको सम्झौता आगामी डिसेम्बरसम्म छ ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey