लिभरपुलका मिडफिल्डर विनाल्डम पिएसजीमा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 348 पटक हेरिएको

लिभरपुलका मिडफिल्डर जर्जिनियो विनाल्डमलाई फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनले अनुबन्ध गरेको छ । तीन बर्षका लागि पीएसजीले विनाल्डमलाई भित्र्याएको हो ।

लिभरपुलसँगको सम्झौता सकिएसँगै उनलाई पीएसजीले मोटो रकममा अनुबन्ध गरेको बताइएको छ । ३० बर्षे डच खेलाडी विनाल्डमलाई पीएसजीले तलवपनि बढाएको भनिएको छ ।

सन् २०१६ मा न्युक्यासलबाट लिभरपुलमा अनुबन्ध भएका विनाल्डमले आफुलाई स्थापित गर्दै लिभरपुलका लागि महत्वपुर्ण खेलाडी बनेका थिए । उनले पाँच बर्ष लिभरपुमा विताउँदा मात्र ११ खेल गुमाएका थिए ।

तर उनको सम्झौता सकिँदा नयाँ सम्झौतामा दुई पक्षविच सहमती नभएपछि लिभरपुल छोड्न बाध्य भएका थिए । यसअघि उनी बार्सिलोनामा जानेपनि चर्चा चलेको थियो । क्वेक्वे सेटिन हटेपछि रोनाल्ड कोमन प्रशिक्षकका रुपमा आउँदा उनी बार्सिलोना जाने चर्चा चलेको थियो ।

अब उनी सन् २०२४ सम्मका लागि पिएसजीमा रहनेछन । उनले नयाँ सम्झौतापछि पीएसजीमा अनुबन्ध हुनु आफ्ना लागि ठुलो चुनौती रहेको बताएका थिए । पछिल्लो पटक पीएसजीले आफ्नो स्तरलाई निकै बढाएको विश्वको उत्कृष्ट क्लवमा एक रहेको प्रमाणित गरिसकेको बताए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey