इजरायलमाथि पोर्चुगलको सानदार जित, फर्नान्डेजले गरे २ गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२७
  • |
  • 856 पटक हेरिएको

मैत्रीपूर्ण फुटबलमा पोर्चुगल विजयी भएको छ । बुधबार राति भएको खेलमा पोर्चुगलले इजरायललाई ४–० गोल अन्तरले पराजित गरेको हो । युरो कपको तयारीमा रहेको पोर्चुगलले अन्तिम मैत्रीपूर्ण फुटबलमा इजरायललाई फराकिलो अन्तरले पराजित गरेको हो ।

पोर्चुगललाई जिताउनका लागि ब्रुनो फर्नान्डेजले २ गोल गर्दा कप्तान क्रिष्टियानो रोनाल्डोले तथा जाओ क्यानसेलोले एक एक गोल गरेका थिए । शुरुदेखिनै इजरायलमाथि पोर्चुगलले दबावमा राखेको थियो । पोर्चुगलले पहिलो हाफको अन्त्यतिर लगातार दुई गोल गरेको थियो ।

क्यानसेलोको पासमा फर्नान्डेजले ४२ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । त्यसको २ मिनेट पछि नै रोनाल्डोले टिमका लागि दोस्रो गोल गरेका थिए ।

Image

रोनाल्डोले फर्नान्डेजको पासमा गोल गर्दै पहिले हाफमा पोर्चुगललाई २–० को अग्रता दिलाए । पोर्चुगलले दोस्रो हाफमा अरु २ गोल पनि थप गरेको थियो ।

८६ औं मिनेटमा गुन्सेलो गुटेजको पासमा क्यानसेलोले गोल गरेपछि पोर्चुगल फराकिलो जित तर्फ अग्रसर भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा फ्रि किक मार्फत फर्नान्डेजले लेफ्ट कर्नरबाट गोल गर्दै पोर्चुगललाई ४–० को जित दिलाए ।

Image

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey