विश्वकप छनोटमा जापानको अपराजित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 447 पटक हेरिएको

फिफा विश्वकप तथा एशियन कपका लागि भएको छनोट चरणको खेलमा एसियाली पावर हाउस जापानले अपराजित यात्रा कायमै राखेको छ ।

सोमबार भएको खेलमा जापानले ताजकिस्तानमाथि ४–१ गोल अन्तरको जित दर्ता गरेको हो । छनोट प्रतियोगितामा समूह एफमा रहेको जापानले सातखेलबाट अपराजित रहँदै २१ अंकका साथ शीर्ष स्थानमा रहेको छ । ताजकिस्तानभने ७ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।

पानासोनिक स्टेडियममा भएको खेलमा जापानले छैटौं मिनेटमा अग्रता लिएको थियो । क्योगो फुरुहाशीले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेट पछि नै ताजिकस्ताने बराबरी गरेको थियो । उसका लागि एहसोनी पानासानबेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

इंग्लिस प्रिमियर लिग खेल्ने ताकोमी मिनामिनोले ४० औं मिनेटमा गोल गरेपछि जापान २–१ ले अघि बढेको थियो । ५१ औं मिनेटमा केन्टो हासिमेतोले गोल गरेपछि जापान ३–१ ले अगाडि रहेको थियो ।

हयाओ कावाबेले ७१ औं मिनेटमा गोल गर्दै जापानलाई ४–१ गोल अन्तरको जित पक्का गराएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey