आर्नोल्डको स्थानमा ह्वाइट इंग्ल्याण्ड टिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२४
  • |
  • 394 पटक हेरिएको

आसन्न युरो कपका लागि इंग्ल्याण्ड टिमका प्रशिक्षक गारेथ साउथगेटले डिफेन्डर ट्रेन्ट एलेजेन्देर आर्नोल्डको स्थानमा बेन ह्वाइटलाई टिममा राख्ने भएका छन ।

युरोपियन च्याम्पियनसिपका लागि २६ खेलाडीको घोषणा गर्दा टिममा रहेका आर्नोल्ड अन्तिम समयमा चोटका कारण टिमबाट बाहिर भएका थिए । अष्ट्रियाविरुद्धको मैत्रीपुर्ण खेलका बेला उनलाई चोट लागेको थियो ।

उनको स्थानमा बेन ह्याइटलाई टिममा राखिने भएको छ । प्रशिक्षक साउथगेटले रोमानियाविरुद्धको खेलमा उनलाई पुरै ९० मिनेट खेलाएका थिए । जसमा उनको प्रदर्शन राम्रो रहेको थियो ।

ह्वाइटले २२ नम्वर जर्सीमा इंग्ल्याण्ड टिममा देखिने भएका छन । यो नम्वर यसअघि आर्नोल्डको रहेको थियो । साउथगेटले पहिलो चरणमा ३३ खेलाडीलाई छनौट गर्दा अन्तिममा २६ जनालाई टिममा राखेको थियो । जसमा जेसी लिंगार्ड, जेम्स वार्ड, ओली वाटकिन्स, आरोना राम्सडेल र बेन गोडफ्रेलाई फालिएको थियो ।

इंग्ल्याण्डले युरो कपमा आफ्नो पहिलो खेल वेम्लेमा क्रोयसियाविरुद्ध खेल्नेछ । समुह डी मा रहेको इंग्ल्याण्डले जुन १८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey