क्यानडाले अरुबालाई ७ गोलले हरायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२३
  • |
  • 334 पटक हेरिएको

फिफा विश्वकप छनोट अन्तर्गत उत्तर अमेरिकी छनोटमा क्यानडाले फराकिलो जित दर्ता गरेको छ ।

आज विहान भएको खेलमा समूह बीमा रहेको क्यानडाले अरुबालाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

१८ औं मिनेटमा लुकास डेनियल काभिल्निले गोल गर्दै अग्रता दिलाएका थिए ।

डेभिड जुनियर होलिटले पेनाल्टी मार्फत गोल गर्दै २० औं मिनेटमा अग्रता दोब्बर बनाए । काभिल्नीले पहिलो हाफको अतिरिक्त समयमा व्यक्तिगत दोस्रो गोल गर्दा क्यानडा ३–० ले अघि बढेको थियो ।

दोस्रो हाफमा क्यानडाले अरुबाको पोस्टमा चार गोल थपेको थियो । जाचरी बाल्ट गिलार्डले ४९ औं मिनेटमा टिमका लागि चौथो गोल गरेका थिए ।

May be an image of 1 person, playing a sport and outdoors

अल्फान्सो डेविसले ७८ औं, केइल लरिनले ८८ औं जोनाथन क्रिष्टियन डेभिडले एक एक गोल थपेपछि क्यानडा ७–० गोल अन्तरको जित निकाल्न सफल भयो । विश्वकप छनोटमा क्यानडाले ३ खेलबाट ९ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey