काेपा अमेरीका ब्राजिलमा सारेकाेमा खेलाडी रुष्ट, बहिस्कार गर्ने बिषयमा छलफल

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-२१
  • |
  • 384 पटक हेरिएको

कोपा अमेरीका ब्राजिलमा गर्ने निर्णयमा राष्ट्रिय टिमका खेलाडी असन्तुष्ट रहेको कप्तान कासेमेरोले बताएका छन । पत्रकार सम्मेलनमा उनले अन्तिम समयमा कोपा अमेरीका ब्राजिलमा सार्ने निर्णयमा खेलाडी सन्तुष्ट नभएको उनले बताए ।

प्रतियोगिता सुरु हुन दुई साता भन्दा कम समय बाँकी रहेका बेला कोभिडका कारण अर्जेन्टिनामा नगर्ने निर्णय गरिएको थियो ।

ब्राजिलका प्रशिक्षक टेटेले खेलाडीले प्रतियोगिता बहिस्कार गर्ने विषयमा अध्यक्ष रोजेरियो काबोक्लोसँग छलफल गरिरहेको बताइएको छ ।

कोपा अमेरीका सुरुवातमा कोलम्बिया र अर्जेन्टिनाको संयुक्त आयोजनामा गर्ने बताइएको थियो । तर कोलम्बियाले राजनितीक तनावका कारण हात झिकेको थियो । त्यसपछि पुरै प्रतियोगिता अर्जेन्टिनामा गर्ने भनिएपनि त्यहाँ कोभिडको प्रभाव निकै देखिएकाले नगर्ने निर्णय गरिएको हो ।

ब्राजिलमा पनि अन्तिम समयमा प्रतियोगिता गर्ने निर्णयले सरकारविरुद्ध अदालतमा मुद्दा परेको छ । विपक्षी दलले सरकारविरुद्ध कोरोनाको महामारीका विच गर्न लागेको भन्दै मुद्दा हालेको छ ।

जुन १३ तारिखबाट हुने प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले भेनेजुयलासँग खेल्ने तालिका छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey