युराे कपमा वेल्सकाे टिममा १९ बर्षे रूबीन समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 937 पटक हेरिएको

आसन्न युरो कपका लागि वेल्स टिमको घोषणा भएको छ । २६ खेलाडीको टिममा १९ बर्षे युवा खेलाडी रुबीन कोलविलले पहिलो पटक स्थान बनाएका छन ।

कार्डिफ सिटीका युवा खेलाडी रुबीनलाई वेल्सले आश्चार्यजनक रुपमा टिममा समावेश गरेको हो । आक्रामक मिडिफिल्डर रुबीनले गत फेब्रेवरीमा मात्र कार्डीफका लागि डेब्यु गरेका थिए । वेल्सले टोम लरेन्स, बाकी माटोडो र बेरनान जोनसन भन्दा अगाडी टिममा राखेको हो ।

वेल्सले युरोकपमा जुन १२ मा स्विट्जरल्याण्डसँग बाकुमा खेल्ने । उसले समुह चरणमा अरु दुई टिम टर्की र इट्लीसँग प्रतिस्पर्धा गर्नेछ । ग्यारेथ बेलको कप्तानीमा हरेको वेल्सका प्रशिक्षक रायन गिग्स भने ब्यक्तिगत कारणले टिममा छैनन् ।

सन् २०१६ को युरो कपमा सेमिफाइनलमा पुगेको वेल्स टिममा आरोन राम्से, जोय एलान, वायन हेनेसे, बेन डाभिस, जोनी विलियम्स, डेनी वार्ड, क्रिस गुन्टेर जस्ता अनुभवी खेलाडी रहेका छन । सबै खेलाडीले वेल्सका लागि एक सय क्याप जितेका छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey