नेपाली फुटबल टिम कुवेतमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१७
  • |
  • 603 पटक हेरिएको

फिफा विश्वकप छनौटको दोस्रो चरणका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ । नेपाली टिम इराकसँगको मैत्रीपुर्ण खेलपछि रोडको बाटो हुँदै कुवेत पुगेको हो ।

नेपाली टिम गएराति इराकबाट कुवेत पुगेको हो । कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । जसमा पहिलो खेल जुन तीन चाइनीज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

नेपाली टिमले इराकसँगको मैत्रीपुर्ण खेलमा ६ दुईको हार ब्यहोरेको थियो । नेपाली टिमलाई कुवेतमा कुवेत फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

कुवेत पुगेको नेपाली टिमको कारोना परिक्षणको रिपोर्टपछि प्रशिक्षणमा सहभागि हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey