दुई दशकपछि नेपालले इराकसँग आज खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१५
  • |
  • 889 पटक हेरिएको

 

नेपालले करिव २ दशकपछि आज इराकसँग मैत्रीपुर्ण खेल खेल्दैछ । बस्रारंगशालामा हुने खेल नेपाली समय अनुसार राती सवा १० बजेबाट सुरु हुनेछ । सन् १९८६ मा विश्वकप खेलिसकेको इराक शारिरीक र मानसिक रुपमा नेपाल भन्दा निकै बलियाे देखिएकाे छ । 

यो पटक नेपाली फुटबल टिमलाई नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रशिक्षण दिइरहेका छन् । उनको नेपाली टिमसँग पहिलो भ्रमण रहेको र नेपाली टिममा पनि निकै परिवर्तन भएकाले नतिजा कस्तो आउने हो भन्नेमा पनि सबैको ध्यान रहेको छ ।

तर प्रशिक्षक अल्मुताइरीले इराकसँगको खेल टिमका लागि फिफा विश्वकप छनौटका लागि राम्रो अनुभव हुने र कुवेतको मौसमसँग मिल्ने भएकाले पनि विश्वकप छनौट खेल्न सजिलो हुने धारणा राखेका छन् । यसका साथै उनले इराकी फुटबल टिम प्राविधिक रुपमा निकै राम्रो रहेको र एशिया तथा अरब देशको उत्कृष्ट टिम मध्ये एक रहेको बताए ।

नेपालका लागि यो खेल निकै राम्रो एक्पोजर पाउने मौका रहेको छ । उनले इराकमा खेल्न आउनुको मुख्य कारण नै खेलाडीलाई कुवेतको मौसमसँग घुलमिल गराउने रहेको बताएका छन् ।

कप्तान किरन चेम्जोङले इराकविरुद्धको खेलका लागि आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । खेलका लागि आफू हरु तयार रहेको बताउँदै इराकसँग खेल्न पाउनु ठूलो अबसरको रुपमा लिएको पनि उल्लेख गरे । कुवेतमा विश्वकप छनोट खेल्नु अघिको यो खेलले खेलाडीको मनोबल उच्च हुने र तयारी पनि राम्रै रहेको बताए ।

नेपालसँग खेल्न लागेको इरकाको टिममा पनि नौ खेलाडी नयाँ खेलाडीलाई राखिएको छ । जसको फाइदा केहि भएपनि नेपाललाई हुन सक्नेछ । ताजिकिस्तानविरुद्ध मे २४ मा भएको खेल अगाडी राष्ट्रिय टिममा रहेका नौ खेलाडीले उनको क्लव इराक पुलिसले फिर्ता बोलाएको थियो ।

इराक कपमा पुलिस टिम क्वाटरफाइनलमा पुगिसकेको र सो खेल जुन सुरुमा नै रहेकाले उक्त क्लवले इराक एफएसँग खेल सार्नका लागि प्रस्ताव गरेको थियो ।

तर इराक एफएले नमाने पछि आफ्नो नौ खेलाडीलाई क्याम्पबाट फिर्ता बोलाएको थियो । जसका कारण टिममा नौ जना नयाँ अनुहार रहेका छन् ।

नेपालको संभावित ११ यस्तो हुनेछ ।

गोलकिपर : किरण चेम्जोङ

डिफेन्स :  विकाश खवास, दिनेश राजवंशी, अनन्त तामाङ र रोहित चन्द

मिडफिल्ड : पुजन उपरकोटी, सन्तोष तामाङ, विशाल राई

फरवार्ड :  अञ्जन विष्ट, सुनील बल र नवयुग श्रेष्ठ

नेपालले ४–३–३ वा ४–२–३–१ को फरमेसनमा खेल्ने संभावना छ ।

इराकको सम्भावित टिम 

गोल किपर : अल हसन

डिफेन्स : मेथम जाबर, अहमद इब्राहिम,  जसिम अली, फैजल जसिम

मिडफिल्ड : सफा हदी, बसार रसान, हमाम तरिक, बसम साकेर

फरवार्ड : यो म्यान हुसेन र मीमी ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey