एकै दिन दोहोरो ह्याट्रिक गर्ने जिमी म्याथ्यूज, याे रेकर्ड कहिले ताेडिएला ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 424 पटक हेरिएको

क्रिकेटमा ह्याट्रिक विकेट लिने हरेक बलरको सपना हुन्छ । अहिलेसम्म टेस्ट क्रिकेटमा ४५ पटक ह्याट्रिक भएको छ । तर, यस्ता एक जना बलर छन् जसले एकै टेस्टमा दुई पटक ह्याट्रिक लिएर कीर्तिमान बनाएका छन् ।

यो कीर्तिमान तोडिन अझै केही समय पक्कै लाग्ने छ । अस्ट्रेलियाका लेग स्पिनर जिमी म्याथ्यूजले दक्षिण अफ्रिकाविरुद्ध एकै टेस्टमा दुई पटक ह्याट्रिक लिएर रेकर्ड बनाएका थिए ।

सन् १९१२ मा आजकै दिन (२८ मे) मा उनले दुई ह्याट्रिक गरेका थिए । उनले दुवै ह्याट्रिक गर्दा फिल्डरको भने सहायता लिनु नै परेन ।

पहिलो ह्याट्रिक :
१९१२ मा इंग्ल्याण्डमा त्रिकोणात्मक टेस्ट सिरिजको आयोजना गरिएको थियो । यो सिरिजमा इंग्ल्याण्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गरेका थिए । ओल्ड ट्राफोर्ड मैदानमा सिरिजको पहिलो टेस्ट म्याच २७ मे देखि शुरु भएको थियो । टस जितेर अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ४४८ रन बनाएको थियो । अस्ट्रेलियाका वारेन बर्डस्लेले १२१ तथा चाल्स केलवेले ११४ रनको शतकीय पारि खेलेका थिए ।

जवाफमा अस्ट्रेलियाका बिल व्हिटीले ५ विकेट लिएर दक्षिण अफ्रिकालाई पुरै दबावमा राखेका थिए । दोस्रो दिन अफ्रिकी टिम ७ विकेट २६५ रनमा रहेको थियो । त्यसपछि जिमी म्याथ्युजले पहिलो बलमा रोलेन्ड व्यूमोन्टलाई बोल्ड आउट गरेका थिए । दोस्रो बलमा सिड पेगलर र विकेटकिपर ब्याट्सम्यान टमी वार्डलाई एलबीडव्ल्यू आउट गर्दै पहिलो ह्याट्रिक पुरा गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकाको टिम २६५ रनमै समेटिन पुग्यो ।

दोस्रो ह्याट्रिक :

अस्ट्रेलियालाई ‘फ्लोअन’ दियो । दोस्रो पारिमा चाल्स केलवेले ४ विकेट लिँदा दक्षिण अफ्रिकाले ७० रन बनाउँदा ६ विकेट गुमाई सकेको थियो । हार नजिक दक्षिण अफ्रिका टिम पुगिसकेको थियो भने अस्ट्रेलियालाई जित्नका लागि ४ विकेट मात्रै लिन बाँकी थियो । म्याथ्यूजले पहिले हर्वी टेलरलाई बोल्ड आउट गर्दै फेरि विकेट लिन पुगे ।

रेगे श्वार्ज र टमी वार्डको विकेट लिएर ह्याट्रिक गरेका थिए । म्याथ्यूजले टमी वार्डलाई त दुई पटक नै ह्याट्रिक गर्दा आउट गरेका थिए । दक्षिण अफ्रिकाले दोस्रो पारिमा ९५ रन मात्रै बनायो भने यो खेल अस्ट्रेलियाले एक पारि र ८८ रनले आफ्नो पक्षमा पार्न सफल रह्यो ।

जम्मा आठ टेस्ट
जिमी म्याथ्यूजले यो सिरिज पछि जम्मा पाँच म्याच खेले । त्यसपछि उनी कहिल्यै अस्ट्रेलियन टिममा परेनन् । १९०६ देखि भिक्टोरियाका लागि प्रथम श्रेणी क्रिकेट शुरु गरेका उनले १९१२ जनवरीमा अस्ट्रेलियन टिमबाट डेब्यु गरेका थिए । त्यही बर्षको अगस्टमा उनले इंग्ल्याण्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । म्याथ्यूजले ८ टेस्ट म्याचमा २६.१८ को औसतले १६ विकेट लिन सफल भएका छन् ।

पहिलो विश्वयुद्धमा पनि सहभागी
पहिलो विश्वयुद्ध १९१४ देखि १९१८ सम्म भएको थियो । यो विश्वयुद्ध अघि म्याथ्यूजलाई इंग्ल्याण्डबाट क्रिकेट खेल्ने अवसर पनि आएको थियो । तर यसलाई उनले अस्वीकार गरेका थिए । म्याथ्यूज पहिलो विश्व युद्धमा फस्ट अस्ट्रेलियन इम्पीरियल फोर्समा रहेका कारण उनी युद्धमा सहभागी भए । युद्धकै बेला अल्सर को विरामी भएका उनी फोर्सबाट टाढा भएका थिए ।

विश्वयुद्धपछि उनी विलियमस्टाउन क्रिकेट ग्राउण्डको ग्राउण्ड्सम्यान भएर काम पनि गरेका थिए । उनको अन्तिम जीवन भने निकै कष्टकर नै रह्यो । श्रीमती र पाँच छोरा छोरीको फरक फरक रोगका कारण उनीभन्दा चाँडै निधन भएको थियो । १९४३ मा टिवीका कारण उनको ५९ वर्षको उमेरमा निधन भएको थियो । -एजेन्सीकाे सहयाेगमा

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey