विश्वका १० धनी क्रिकेट बोर्डहरु कुन कुन ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१४
  • |
  • 558 पटक हेरिएको

नेप्लेज । क्रिकेट विश्वमा लोकप्रिय खेलको रुपमा पर्छ । अस्ट्रेलिया, इंग्ल्याण्ड, न्यूजिल्याण्ड पाकिस्तान, बंगलादेश श्रीलंकालगायतका धेरै देशमा क्रिकेटका समर्थकहरु धेरै नै छन् । भारतमा क्रिकेटलाई धर्मकै एक रुपमा हेर्ने गर्छन् । कुनै पनि खेललाई अघि बढाउनका लागि त्यसको बोर्डको ठूलो भूमिका हुन्छ । उसले तय गर्ने रणनीतिका कारण पनि आम्दानीको स्रोतहरु पनि खुला हुन्छन् । आज हामीले विश्वका १० धनी क्रिकेटर वोर्डको बारेमा जानकारी दिन्छौं ।

१०. श्रीलंका क्रिकेट बोर्ड
आमदानीका हिसाबले श्रीलंकन क्रिकेट बोर्ड १० औं स्थानमा पर्छ । श्रीलंका क्रिकेट बोर्डले २०२१ मा लगभन १०० करोड राजश्व प्राप्त गरेको छ । श्रीलंका क्रिकेट बोर्डको गठन सन् १९७५ मा भएको थियो । तर, अहिले श्रीलंकन क्रिकेट बोर्ड आर्थिक हिसाबले भने राम्रो अवस्थामा छैन । कोभिडका कारण उसले धेरै नोक्सानी व्यहोरेको छ ।

९. जिम्बाब्बे क्रिकेट बोर्ड
जिम्बाब्बे क्रिकेट बोर्डले २०२१ मा ११३ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । १९९२ देखि अस्तित्वमा आएको जिम्बाब्बे क्रिकेटले हालका दिनमा भने अन्तर्राष्ट्रिय क्रिकेटमा त्यति राम्रो प्रदर्शन भने गर्न सकेको छैन । यसको असर बोर्डको आम्दानीमा पनि परेको छ । जिम्बाब्बे क्रिकेट बोर्डलाई कोका कोला, केसल लेगर, यूमेक्स, जिमगोल्ड र वेजा स्पोर्टस वियर जस्ता कम्पनीले साथ दिएका छन् ।

८. वेस्टइन्डिज क्रिकेट बोर्ड
११६ करोड रुपैयाँ आम्दानी गर्ने वेस्टइन्डिज क्रिकेट बोर्ड आठौं स्थानमा छ । यो विश्वको सबैभन्दा पुरानो मध्यको एक क्रिकेट बोर्ड पनि हो । सन् १९२० मा बोर्ड गठन भएको थियो । पहिला वेस्टइन्डिज क्रिकेट बोर्ड अफ कन्ट्रोलको नामले चिनिन्थ्यो भने १९९६ मा वेस्टइन्डिज क्रिकेट बोर्ड नाम बनाइएको थियो ।

७. न्यूजिल्याण्ड क्रिकेट बोर्ड
२१० करोड रुपैयाँ आम्दानी गरेको न्यूजिल्याण्ड सातौं स्थानमा रहेको छ । न्यूजिल्याण्ड क्रिकेट बोर्डको मुख्यालय भने क्राइस्टचर्चमा रहेको छ । एएनजेड, फोर्ड, एक्कोर होटल्स, जिलेट, पावरडे, स्पार्क स्पोर्ट तथा डायनेस्टी स्पोर्ट जस्ता कम्पनीले न्यूजिल्याण्डलाई साथ दिएका छन् ।

६. क्रिकेट दक्षिण अफ्रिका

क्रिकेट दक्षिण अफ्रिकाको कुल आम्दानी ४८५ करोड रहेको छ । यो तालिकाको छैटौं स्थानमा रहेको छ । सन् १९९१ मा स्थापना भएको क्रिकेट बोर्डको मुख्यालय जोहानसबर्गमा रहेको छ ।

५. बंगलादेश क्रिकेट बोर्ड

बंगलादेश क्रिकेट बोर्डको कुल आम्दानी ८०२ करोड रहेको छ । यो विश्वकै पाँचौं धनी क्रिकेट बोर्ड पनि हो । बंगलादेश क्रिकेट बोर्डको स्थापना सन् १९७२ मा भएको हो । यसको मुख्याले ढाकामा रहेको छ । दराज, आमरा नेटवर्क र पेन पेसिफिक जस्ता कम्पनी बंगलादेश क्रिकेट बोर्डसँग आवद्ध छन् ।

४. पाकिस्तान क्रिकेट बोर्ड

पाकिस्तान क्रिकेट बोर्ड ८११ करोड आम्दानीका साथ धनी बोर्डको सूचीमा चौथो स्थानमा रहेको छ । १९४९ मा स्थाना भएको बोर्डको मुख्यालय भने लाहौरमा रहेको छ । पाकिस्तानलाई पेप्सी, युनाइेटड बैंक लिमिटेड र पीटीसीएल जस्ता कम्पनीले साथ दिएका छन् ।

३. इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड

इंग्ल्याण्डको क्रिकेट बोर्ड सर्वाधिक धनी बोर्डको सूचीमा तेस्रो स्थानमा रहेको छ । मुख्यालय लर्डसमा रहेको छ । बिटालिटी, रोयल लण्डन र न्यू ब्यालेन्स जस्ता कम्पनीले इंग्ल्याण्डलाई साथ दिँदै आएका छन् ।

२. क्रिकेट अस्ट्रेलिया

क्रिकेट अस्ट्रेलिया विश्वकै दोस्रो धनी क्रिकेट बोर्ड हो । यसको आमदानी बार्षिक २८४३ करोड रुपैयाँ रहेको छ । यसको स्थापना १९०५ मा भएको थियो । मेलवर्नमा यसको मुख्यालय रहेको छ । बोडाफोन, डेटाल, कमनवेल्थ बैंक, एचसीएल, केएफसी जस्ता कम्पनी साथमा रहेका छन् ।

१. भारत क्रिकेट बोर्ड
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआई सर्वाधिक धनी क्रिकेट बोर्डको शीर्ष स्थानमा छ । यसको बार्षिक आम्दानी ३७३० करोड रुपैयाँ हुने गरेको छ । हरेक बर्ष आयोजना हुने आईपीएल क्रिकेटबाट बीसीसीआई धेरै भन्दा धेरै आम्दानी गरेको छ । भारतसँग बाइजु, एमपीएल, ड्रीम ११, अम्बजुजा सिमेन्ट र स्टार स्पोर्टस बीसीसीआईसँग जोडिएको छ । बीसीसीआईको मुख्यालय भने मुम्बईमा रहेको छ । –एजेन्सीको सहयोगमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey