आर्चर एक महिनासम्म मैदान बाहिर 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 384 पटक हेरिएको

इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चर अब एक महिना मैदान बाहिर हुने भएका छन् ।

दाहिने हाथको कुहिनोमा सल्यक्रिया गरिएका कारण आर्चर एक महिना बाहिर हुने भएका हुन् ।

इंग्ल्याण्ड एबं वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले बुधबार उनको सल्यक्रिया गरिएको जानकारी दिएको छ ।

आर्चरले भारतविरुद्धको टेस्ट च्याम्पियनसिपको सिरिजमा लामोसमय पछि कमब्याक गरेका थिए । तर पुरै उनले सिरिज भने खेल्न पाएनन् ।
तर, आईपीएल अघि नै चोट बल्झिए पछि मार्चमा उनको हातको सल्यक्रिया गरेको थियो ।

त्यसपछि प्रथम श्रेणी क्रिकेटमा कमब्याक गर्द कुहिनाको चोट बल्झिएको थियो ।

ईसीबीले आर्चरको गत शुक्रबार सल्यक्रिया भएको जनाउँदै टिमको मेडिकल टिमसँग फिजियोथेरापी गर्ने बताएको छ । कम्तिमा चार साता फिजियोथेरापी गरेपछि उनको मैदान फर्कने मितिबारे तय हुने पनि ईसीबीले जनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey