टेष्ट च्याम्पियनसिपको फाइनलमा ‘रिजर्भ डे’ राख्ने योजनामा आइसीसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-१२
  • |
  • 837 पटक हेरिएको

विश्व टेष्ट च्याम्पियनसिपको फाइनलको प्लेइङ कन्डिसन परिवर्तन गर्ने संभावनाका विषयमा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले आन्तरीक छलफल सुरु गरेको छ । जुन १८ बाट इंग्ल्याण्डमा हुने टेष्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र न्यूजिल्याण्ड खेल्दैछन ।

फाइनल खेलमा यदि बर्षाले खेल हुन सकेन वा खेल ड्र भयो भने के मापदण्ड अपनाउने भन्ने विषयमा आइसीसीले छलफल सुरु गरेको हो । साधारण तथा टेष्ट क्रिकेट पाँच दिनसम्म चल्ने र सिजर्भ डे नहुने गर्छ । तर टेष्ट च्याम्पियनसिपको फाइनलमा सिजर्भ डे राख्ने तयारी भएको छ ।

आइसीसीका एक पदाधिकारीका अनुसार पाँच दिनसम्म खेल्दा टिमले कुल ३० घण्टा खेल्ने र केहि कारणले ३० घण्टाको खेल हुन नसकेको खण्डमा रिजर्भ डे का रुपमा छैटौं दिनपनि खेल हुने टाइम्सअफ इन्डियाले बताएको छ ।

आइसीसीले फाइनलमा स्पष्ट रुपमा विजेता आओस भनेर यो प्रक्रिया लगाउने भएको हो । यसका साथै यो प्रतियोगिताको भविष्यका विषयमा धेरै कुराहरु भइरहेका छन । कतिपय देशले यसको भविष्य नभएको पनि भनेका छन । जसका कारण आइसीसीले जुन एक तारिखमा बस्ने बोर्ड बैठकले के गर्ने भन्ने टुंगो लगाउने बताइएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey