एट्लेटिकाेले लिगकाे उपाधि जितेकाे खुसीयाली मनाउँदा एक समर्थककाे मृत्यु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०९
  • |
  • 309 पटक हेरिएको

सात बर्षपछि ला लिगाको उपाधि जितेको एट्लेटिको मड्रिडका एक युवा समर्थकको निधन भएको छ ।

आफ्नो प्रिय क्लवले ला लिगाको उपाधि जितेको खुसीयाली मनाउँदा पर्खालमा ठोक्किएर घाइते भएका थिए । त्यसपछि उनको निधन भएको बताइएको छ ।

स्पेनीस मिडियाले जनाएअनुसार टिमको जितको खुसीमा उनको टाउको पर्खालमा ठोकिएको थियो । एट्लेटिकोले लिगको उपाधि पक्का गरेपछि सयौं समर्थक मड्रिडमा सडकमा उत्रिएका थिए ।

सन् २०१४ पछि पहिलो पटक ला लिगाको उपाधि जितेको एट्लेटिकोले पनि ती युवा समर्थकको परिवारलाई समवेदना प्रकट गरेको छ ।

टिमका कप्तान कोकीले आफ्नो हातमा कालो ब्याण्ड नै बाधेका छन । एट्लेटिकोलाई ला लिगाको उपाधि आजराति प्रदान गरिनेछ । समर्थक विना नै ला लिगाको उपाधि क्लवलाई हस्तान्तरण गरिने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey