हालान्डको २ गोल मद्दतले डर्टमन्डको सिजन सुखद अन्त्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 679 पटक हेरिएको

बुन्डेस लिगा फुटबल अन्तर्गत शनिबार सबै खेल सकिएका छन् । ३४ औं चरणको खेल सँगै सिजनकाे  अन्त्य हुँदा यसअघि नै उपाधिको छिनोफानो भने भइसकेको थियो ।

अन्तिम खेलमा बार्यन म्युनिखले सानदार जितका साथ ट्रफी उचाल्दा दोस्रो स्थानमा रहेको आरबी लाइपजीङ भने पराजित भयो ।

तेस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले भने अन्तिम खेलमा बायर लिभर कुसेनलाई ३–१ गोल अन्तरले स्तब्ध बनाएको थियो । लिभरकुसेन छैटौं स्थानमा रह्यो । डर्टमुन्डलाई जिताउनका लागि युवा स्ट्राइकर इर्लिङ हालान्डले २ गोल गर्दा मार्को युर्सल एक गोल थपेका थिए । लिभरकुसनले लार्स बेन्डरले पेनाल्टी मार्फत एक गोल फर्काएका थिए ।

पाँचौं मिनेटमा हालान्डले गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको डर्टमन्डले दोस्रो हाफमा २ गोल थप्दा एक गोल खाएको थियो ।

Image

५५ औं मिनेटमा युर्सले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाएका थिए । हालान्डले ८४ औं मिनेटमा गोल गर्दै अग्रता ३–० मा पु¥याएका थिए ।

८९ औं मिनेटमा लिभरकुसेनका लागि पेनाल्टीमा लार्स बेन्डरले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।

Image

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey