मेस्सीले बार्सिलाेनासँग नयाँ सम्झाैता गर्ने पक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 324 पटक हेरिएको

बार्सिलोनाका कप्तान लियोनल मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गर्ने भएका छन ।

सन् २०२० मा क्लवसँगको मनमुटावका कारण अन्तिम समयमा एक सिजनका लागि बस्ने निर्णय गरेको मेस्सीका सम्झौता यो सिजन सकिएसँगै समाप्त हुनेछ । उनलाई अरु क्लवमा जानका लागि पनि बाटो खुल्ने भएपनि उनले बार्सिलोनासँग नयाँ सम्झौता गर्न राजि भएका छन ।

मेस्सीले चाँडै क्लवसँग नयाँ सम्झौताका लागि हस्ताक्षर गर्ने बताइएको छ । मेस्सीले करियर नै बार्सिलोनामा विताउने संभावना समेत रहेको बताइएको छ ।

बार्सिलोनाका यसअघिका अध्यक्षसँगको मन मुटावका कारण मेस्सीले क्लव छोड्ने बताएका थिए । नयाँ अध्यक्ष लार्पेटा आएपछि क्लवको नयाँ प्रोजेक्ट बन्ने र त्यसमा मेस्सी चाहिने भएकाले उनलाई क्लवमा राख्न निकै प्रयास भएको थियो । यस्तैमा उनले नयाँ सम्झौताका लागि सहमत भएको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey