अगुइराेले बार्सिलाेनासँग २ बर्षकाे सम्झाैता, केहि दिनमा मेडिकल गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०८
  • |
  • 481 पटक हेरिएको

म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरोले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरेका छन । जसका लागि अगुइरोले आउने साता मेडिकल टेष्ट गर्ने भएका छन ।

३२ बर्षे अगुइरोले सिटीका लागि प्रिमियर लिगको अन्तिम खेल घरेलु मैदानमा खेलेर च्याम्पियन्स लिगपछि क्लव छोड्नेछन । उनले बार्सिलोनासँग दुई बर्षको सम्झौता गरिसकेको डेलिमेलले बताएको छ । यो सिजनको च्याम्पियन्स लिगको उपाधि सिटीले जितेको खण्डमा उनले बोनस रकमपनि पाउनेछ । जसमा सिटीका मालिकले खेलाडीलाई १५ मिलियन बोनस दिने बताएको छ ।

अगुइरोले बार्सिलोनामा जानका लागि अरु तीन वटा प्रस्ताव अस्विकार गरेका थिए । हाल सिटीबाट बार्षिक १२ मिलियन पाउण्ड आम्दानी गरिरहेका उनले बार्सिलोनासँग करिव तीन गुणा रकममा अनुबन्ध भएका छन । उनले बार्सिलोनामा अनुबन्ध हुनका लागि तलवमा कटौती गर्न राजी भए । जसमा उनले बार्षिक चार दशमलव चार मिलियन पाउण्ड तलव पाउनेछन ।

अगुइरोलाई बार्सिलोनाले फ्रि ट्रान्सफरमा टिममा लिएको हो । प्रिमियर लिगमा सिटीका लागि सर्वाधिक गोल गर्ने खेलाडीमा रहेका अगुइरोको बार्सिलोना यात्रा कस्तो हुन्छ भन्नेमा सबैको चाँसो रहेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey