अष्ट्रेलियन क्रिकेटर एराेन पुलिस हिरासतमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०४
  • |
  • 322 पटक हेरिएको

अष्ट्रेलियन क्रिकेट खेलाडी एरोन समर्सलाई बाल यौन उत्पीडनको ओराप लागेको छ । बिग ब्यास लिग खेलेका एरोनले यौन हिंशा हुने किसिमको क्रियाकलाप गरेको बताइएको छ।

अष्ट्रेलियन मिडियाका अनुसार एरोनलाई खानतलासी गर्दा बालकलाई यौन उत्पीडन गराउने साम्रागी फेला परेको र उनलाई शुक्रबार नै पुलिसले पक्राउ गरेको छ । पुलिसले समातेपछि उनलाई अदालतमा समेत पुर्याइएको छ ।

एरोनले कम्तिमा पनि १० जना बच्चालाई यौन उत्पीडलनको सिकार बनाएको आरोप लागेको छ । पुलिसले सो प्रमाण जुगाउने क्रममा लागेको छ ।

तिब्रगतिका बलर एरोनले बिग ब्यास लिगमा होबर्ट हुरिकेन्सबाट खेलेका थिए । घरेलु प्रतियोगितामा उनी तस्मानियाबाट खेल्ने गर्छन । तर उनी राष्ट्रिय टिममा भने पर्न सकेका छैनन् । एरोनले सन् २०१८ मा लिष्ट ए मा डेब्यु गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey