प्रतिबन्धपछि क्रिकेटमा फर्किन आमिर प्रोत्साहित हुनु र अहिले पाकिस्तान छोड्ने साेचकाे कारण ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०२-०१
  • |
  • 937 पटक हेरिएको

सन् २०१० को अगष्टमा क्रिकेट क्षेत्र एक घटनाले स्तब्ध भयो । पाकिस्तानका मोहम्मद आमीर, सलमान बट र मोहम्मद आशिफ इंग्ल्याण्डविरुद्धको खेलमा स्पट फिक्सिङमा परे । त्यसमा पनि मोहम्मद आमीरलाई पाकिस्तानी क्रिकेट टिमको भविष्यको स्टार बलर भनेर मानिएको थियो । युुवा उमेर र स्विङ गराउने भरपुुर क्षमता भएको आमीरले लर्डसमा भएको टेष्टमा जानीजानी नो बल गरेको देखिएको थियो । तर त्यो पछि स्पोट फिक्सिङ गरेको प्रमाणित भयो । १८ बर्षको उमेरमा नै खेल मिलोमतोमा लागेका आमीरलाई पाँच बर्षको प्रतिबन्ध र जेल सजाय भयो ।

उनले त्यो समय कटाएर फेरी क्रिकेटमा फर्किए । यो विचमा उनको निजी जीवनमा निकै परिवर्तनपनि आयो । स्कुल पढ्दै गरेका बेला राष्ट्रिय टिममा परेर पनि स्पोट फिक्सिङ जस्तो गम्भिर अपराध गरेका आमीर आरिख प्रतिबन्ध पछि के कारणले फेरी क्रिकेटमा फर्किए भन्ने विषयमा पहिलो पटक खुलेर बोलेका छन ।

प्रतिबन्धपछि क्रिकेटमा फर्कनका लागि आमीरलाई त्यति सजिलो भने थिए । बायाँहाते बलर आमीरले फेरी क्रिकेटमा फर्किने विषयमा एकिन थिएन, तर उनले आफुलाई फेरी क्रिकेटमा फर्काउने निधो परिवारका लागि गरेको बताए । प्रतिबन्ध फुकुवा भएपछि बैवाहिक बन्धनमा बाधिएका आमीर बुबा बनेपछि झन क्रिकेटका विषयमा सोच्न थालेको बताए ।

उनले त्यो घटनाबाट आफुले निकै कुरा सिकेको र जीवनमा धेरै भोगेको पनि बताए । मानिस गल्तिबाट नै धेरै कुरा सिक्ने गरेको र आफुले पनि त्यो फिक्सिङको घटनाले धेरै कुरा बुझेको र सिकेको बताए । फिक्सिङमा पर्दा आफु फेरी क्रिकेट खेल्छु की खेल्दिन भनेर आधा आधा चान्स थियो, तर जब प्रतिबन्धपछि फेरी क्रिकेट खेल्ने निधो गरे, सोचेको जस्तो सजिलो भने भएन । आफ्नो जीवनशैलीले निकै कठिन बनायो । तर जब बुबा बने, त्यसपछि क्रिकेटको भोक झन बढ्यो र निकै मेहेनत गरे ।

हाल २९ बर्षका पुगेका आमीरले अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिइसकेका छन । उनले सन् २०१९ पछि कुनैपनि अन्तराष्ट्रिय क्रिकेट खेलेका छैनन् । विभिन्न फ्रेन्चाइजी लिग खेलेपछि उनी पाकिस्तानबाट भने विदा लिइसकेका छन । सन् २००९ मा भएको टी २० विश्वकपका विजेता खेलाडी आमीर यतिबेला पाकिस्तान छोड्ने मनसायमा पुगेका छन ।

पाकिस्तानमा आफ्नो बारेमा धेरै आलोचना भएपछि र पाकिस्तान क्रिकेट बोर्डलेपनि आफुमाथि अन्याय गरेको भन्दै आमीरले २८ बर्षको उमेरमा नै खेलाडी जीवनबाट सन्यास लिएका थिए ।

पछिल्लो पटक उनी बेलायतको टी २० ब्लास्ट खेल्ने तयारीमा छन । तर अब उनी इंग्ल्याण्डमा नै बस्ने र आफ्ना बच्चालाई राम्रो शिक्षा दिने सोचमा छन । यदि त्यसो भएको खण्डमा उनी पाकिस्तान छोडेर बेलायती बन्ने चाहनामा छन ।

उनी बेलायत बस्ने भएपछि पछिल्लो पटक आमीरले इन्डियन प्रिमियर लिग खेल्ने चर्चापनि चलेको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey