टिममा खेलाडी सानाे र ठूलाे भन्ने हुन्न, सबैले पाेजिसनका लागि लड्नुपर्छ-अब्दुल्लाह

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-३१
  • |
  • 1034 पटक हेरिएको

इराकसँगको मैत्रीपुर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली फुटबल टिम पछिल्लो दुई दिन देखि प्रशिक्षणमा ब्यस्त रहेको छ । नयाँ प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा रहेको टिममा अझैपनि पुर्ण खेलाडी भने आइसकेका छैनन् । नेपाल सुपर लिगबाट बाहिरीएका टिमका खेलाडी मध्येबाट क्याम्पमा बोलाएका खेलाडी अहिले प्रशिक्षणमा रहेका छन ।

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाहले नेपाली टिममा क्षमताको कमि नभएको तर त्यसलाई सेपअप गर्न बाँकी रहेको बताए । उनले आफ्नो टिममा ठुलो र सानो खेलाडी भन्ने नहुने र खेलका हिसावले खेलाडी टिममा पर्ने बताए ।

कुनैपनि खेलाडी टिममा रहनका लागि आफ्नो पोजिसनका लागि फाइट गर्नुपर्ने र सिनियर वा ठूलो खेलाडी भनेर टिममा नपर्ने प्रष्ट पारे । आफ्नो योजना अहिलेको फिफा विश्वकप छनौटकालागि नभएर भविष्यमा साफ च्याम्पियनसिप र एशियन कपका लागि लक्ष्य बनाएको बताए ।

कुवेतमा हुने फिफा विश्वकप छनौटको दोस्रो चरण र इराकसँगको खेल टिमका लागि निकै राम्रो एक्पोजर हुने बताए । साथै उनले अहिले टिममा २३ खेलाडी छनौट भएपछि बाँकीका खेलाडी पनि टिमबाहिर नहुने र चाहेको बेला पुरै २३ खेलाडी नै परिवर्तन गर्नसक्ने बताए ।

उनले इराक र कुवेतको मौसममा नेपाली खेलाडीलाई खेल्न कठिन भएपनि त्यसको विकल्प केहि नभएको धारणा राखे । अहिले प्रशिक्षक अब्दुल्लाहले दिनको दुई पटक प्रशिक्षण गराइरहेका छन । विहान र साँझको समयमा प्रशिक्षण गरिरहेका खेलाडीलाई मेसिनको जस्तो गरेर नजोताउने उनले बताए ।

अहिले टिमका खेलाडीलाई रिल्याक्स भएर आफुलाई फिट बनाउनमा बढि जोड दिने उनको भनाई छ ।

हरौ के भने प्रशिक्षक अब्दुल्लाहले भिडियोमा

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey