लिभरपुलकाे आशा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२६
  • |
  • 346 पटक हेरिएको

प्रिमियर लिगमा लिभरपुलले साउथह्याम्टनमाथि दुई शुन्यको सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलको जितमा साडीयो माने र थिएगो अल्कानटाराले एक एक गोल गरे ।

अर्को सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाउने होडमा रहेको लिभरपुलले खेलको ३१ औं मिनेटमा मानेको गोलमा अग्रता बनायो ।

पहिलो हाफमा एक गोलले अगाडी रहेको लिभरपुलले ९० औं मिनेटमा अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि थिएगोले गोल गरे ।

त्यसपछि साउथह्याम्टन खेलमा फर्कन सकेन र पराजित भयो । यो जितपछि लिभरपुलले ३४ खेलमा ५७ अंकका साथ लिगको छैटौं स्थानमा छ ।

शिर्ष तीनमा पुग्ने लक्ष्यमा रहेको लिभरपुलले जितसँगै आशा कायमै राखेपछि अरुको खेलमा पनि भरपर्नुपर्ने हुन्छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey