आइपीएल आयोजना गर्नका लागि काउन्टि क्रिकेट क्लवले प्रस्ताव गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-२३
  • |
  • 389 पटक हेरिएको

इंग्ल्याण्डका चार काउन्टी क्लवले इन्डियन प्रिमियर लिगलाई सेप्टेम्बरमा आयोजना गर्नका लागि प्रस्ताव गर्ने भएका छन । कोरोनाका कारण विचमा नै स्थगित भएको आइपीएलका बाँकी खेलहरु आयोजना गर्नका लागि प्रस्ताव गर्ने भएका छन ।

इंग्ल्याण्डका चार काउन्टी क्लव एमसीसी, सुर्रे, वारविकसायर, लान्कासायरले स्थगित भएको आइपीएललाई सेप्टेम्बरका गराउने प्रस्ताव गर्ने बताइएको छ ।

इंग्ल्याण्ड क्रिकेट बोर्डलाई दुई वटा काउन्टी क्लव समुहले आइपीएल आयोजनाका लागि प्रस्ताव गर्न आग्रह गरेका छन । जसमा ब्रमिङघम, इमिरेट्स वल्र्ड ट्राफोर्डमा रहेका काउन्टीले आइपीएल आयोजनाकालागि पहल गर्न भनेका हुन ।

सेप्टेम्बरको दोस्रो सातामा करिव दुई साताको समयमा बाँकी आइपीएलका खेलहरु सम्पन्न गर्ने योजना उनीहरुको छ ।

आयपीएलमा अहिलेसम्म २९ खेल हुँदा बाँकी ३१ खेल गर्न बाँकी रहेका छन । भारतीय क्रिकेट बोर्डले पनि स्थगित रहेको आइपीएललाई सेप्टेम्बर महिनाको विन्डोमा गर्नका लागि योजना बनाएको छ । त्यो बेला भारतमा नभए विकल्पमा यूएईपनि रहेको छ ।

तर अब काउन्टी क्लवले प्रस्ताव गरेको खण्डमा बीसीसीआईलाई झन सजिलो हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey