नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१५
  • |
  • 929 पटक हेरिएको

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल)मा आज दुई खेलहरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेल दिउँसो साढे २ बजेदेखि एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

चितवनले पहिलो खेल ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरी खेलेको थियो भने बुटवल लुम्बिनीले पोखरा थन्डर्सलाई २–० ले पराजित गरेको थियो । आजको खेल चितवनका लागि दवावपूर्ण हुनेछ ।

साँझ साढे ५ बजेदेखि सुरु हुने दोस्रो खेलमा विराटनगर सिटी एफसी र पोखरा थन्डर्स आमने सामने हुनेछन् ।

यसअघि पहिलो खेलमा धनगढी एफसीलाई ३–० ले हराएर सनसनी मच्चाएको विराटनगका लागि पोखरा बलियो प्रतिस्पर्धी हो । पहिलो खेल हारेको पोखराका लागि जित्नैपर्ने दवाव छ ।

यसअघि हिजोको खेलमा धनगढी एफसीले काठमाडौं रेजर्समाथि ३–० गोलको जित रचेको थियो । धनगढीको जितमा ओवाआले अफिजले २ तथा टंक बस्नेतले १ गोल गरेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey