पाकिस्तानद्वारा जिम्बावेसामु १६४ रनकाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-१२
  • |
  • 272 पटक हेरिएको

जिम्बावेविरुद्धको तेस्रो टी २० खेलमा पाकिस्तानले एक सय ६४ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ६३ रन बनायो । मध्यम सुरुवात गरेको पाकिस्तानले ३५ रनमा पहिलो विकेट गुमायो । उसका सरजिल खान १८ रनमा आउट भए ।

त्यसपछि मोहम्मद रिजवान र बाबर अजामको उत्कृष्ट साझेदारीका कारण पाकिस्तानले बलियो लक्ष्य दिन सफल भयो । रिजवान र अजामले एक सय २४ रनको साझेदारी गरे । जसमा आजमले ५२ रनको योगदान गरे । उनले ४६ बलमा पाँच चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका फकर जमानले खाता खोल्न नपाउँदै आउट भएपछि पाकिस्तानले तेस्रो विकेट गुमायो । उसका लागि रिजवानले ८९ रनको योगदान गरे । जसमा ६० बलमा ६ चौका र दुई छक्का प्रहार गरे । बलिङमा जिम्बावेका लुकी जोङ्वीले तीन विकेट लिए ।

यो खेलमा पाकिस्तानी कप्तान बाबर आजमले भारतीय कप्तान विराट कोहलीको रेकर्डलाई तोडेका छन । बाबरले टी २० क्रिकेटमा छिटो दुई हजार रन पुरा गर्ने कीर्तिमान बनाएका हुन । बाबरले ५२ पारीमा दुई हजार रन पुरा गरेका हुन । यसअघि कोहलीले ५६ पारीमा दुई हजार रन पुरा गर्दै यो कीर्तिमान बनाएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey