टी-२० विश्वकपका लागि ९ र‌ङ्गशाला प्रस्तावित

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०८
  • |
  • 318 पटक हेरिएको

भारतले टी-२० विश्वकप क्रिकेट भारतीय क्रिकेट बार्डले नाै र‌ङ्गशालामा गर्ने प्रस्ताव गरेको छ ।

बीसीसीआईको एपेक्स काउन्सिलले नाै‌ स्थानमा विश्वकप गर्ने प्रस्ताव गरेको जनाएको छ। जसमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेका छन । 

अब आइसीसीले  प्रस्तावित खेल स्थलबाट अन्तिम टुङ्गो लगाउनेछ । पछिल्लाे पटक भारतमा काेराेनाकाे महामारी उत्कर्षमा रहेका बेला आइसीसीले त्यसलाई पनि मध्यनजरमा राख्ने बताइएको छ ।

यसका साथै खेल स्थल र अवस्था बुझ्नका लागि आइसीसीको टिम अप्रिल २६ मा भारतको भ्रमण गर्ने छ । काेभिडका कारण एक बर्ष सरेको टी-२० विश्वकप आगामी अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ । जसमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey