नेदरल्याण्ड्सविरुद्ध नेपाल टस जितेर ब्याटिङमा, टिममा कुनै परिवर्तन छैन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०७
  • |
  • 459 पटक हेरिएको

त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा अहिले नेपाल र नेदरल्याण्ड्सविच प्रतिस्पर्धा भइरहेको छ । जसमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

सुरुवाती दुई खेलमा दुई जित निकालेको नेपालले आजको खेलमा जित निकालेमा एक खेल अगाडी नै फाइनलमा स्थान बनाउने छ ।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई पनि नौ विकेटले नै पराजित गरेको थियो ।

यता नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले पराजित गरेको थियो । नेपाल आज नेपाललाई हराएर पहिलो खेलको हारको बदला लिने लक्ष्यमा हुने भने फाइनलमा पुग्ने संभावना पनि बलियो बनाउने योजनामा हुनेछ ।

आजको खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । मलेसियाविरुद्धको खेलमा खेलाएको सेटलाई नै आजको खेलमा उतारेको छ ।

नेपाली टिम:

ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, अभिनाश बोहरा, साहब आलम, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey