म्याक्सकाे कीर्तिमानी शतकमा नेदरल्याण्ड्सद्वारा मलेसियासामु १९२ रनकाे बलियाे लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०५
  • |
  • 497 पटक हेरिएको

म्याक्स ओडाउडको शतकमा त्रिकोणात्मक टी २० सिरिजमा नेदरल्याण्ड्सले मलेसियालाई एक सय ९२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका नेदरल्याण्ड्सले २० ओभरमा मात्र दुई विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि म्याक्सले उत्कृष्ट पारी खेले ।

उनी नेदरल्याण्ड्सका लागि टी २० अन्तराष्ट्रियमा शतक बनाउने पहिलो खेलाडी समेत बनेका छन । उनले ५९ बलमा शतक बनाएका थिए । सुरुवात राम्रो गर्न नसकेको नेदरल्याण्ड्सले १७ रनमा पहिलो विकेट गुमाएको थियो ।

त्यसपछि ६६ रनमा दोस्रो विकेट गुमाएको डच टिमका लागि म्याक्स र कप्तान बेन कुपरले शतकीय साझेदारी गरे । उनीहरुले एक सय २५ रनको साझेदारी गरे ।

जसमा म्याक्सले अविजीत एक सय रन बनाए । उनले ७३ बलमा एक सय ३३ रन बनाए । जसमा १५ चौका र ६ छक्का प्रहार गरे । यस्तै स्कोट इडवार्डले ३१ रन बनाए भने बेन कुपरले २० रन बनाए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey