पारसले टी-२० सिरिज गुमाउने, सन्दिप जाेरा टिममा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०३
  • |
  • 621 पटक हेरिएको

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य खेलाडी पारस खड्काले मलेसिया र नेदरल्याण्ड्ससम्मिलित टी २० सिरिज अन्तिम समयमा आएर खेल्न नपाउने भएका छन् । उनकाे स्थानमा सन्दिप जाेरालाई टिममा राखिएकाे छ ।

बन्द प्रशिक्षणमा फिल्डिङका क्रममा उनको काँधमा चोट लागेको थियो । जसका कारण उनलाई डाक्टरले तीन साता आराम गर्न सल्लाह दिएका छन् ।

पारसलाई डेभ ह्वाटमोरले १५ खेलाडीको सूचीमा राखेपनि अन्तिममा उनले टिम छोड्नुपर्ने भएको छ ।

पारस आफैले पनि सोसियल मिडियामा आइतबार अभ्यास खेलका क्रममा क्याच लिन खोज्दा काँधको मांशपेशीमा चोट लागेको र पछिल्लो पाँच दिनमा निरन्तर डाक्टरको फलोअपका कारण अझै यो चोट निको हुन दुई देखि तीन साता लाग्ने भएको बताएका छन् । उनले चोटबाट मुक्त हुन रिह्याबमा जाने र यो प्रतियोगिता खेल्न नपाउने बताएका छन् ।

पारसले चोटका कारण नेपालको मुख्य खेल गुमाएको यो तेस्रो पटक हो ।

यसअघि सन् २०१७ मा नेपालमा नै आइसीसी विश्व विश्वकप क्रिकेट लिगमा घरेलु मैदानमा नामिवियासँगको खेल गुमाएका थिए भने सिंगापुरमा भएको टी २० विश्वकपको क्षेत्रीय छनोटको फाइनलमा मलेसियासँगको खेलमा कम्मरको समस्याले खेलेका थिएनन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey