म मेस्सी र रोनाल्डाको स्वभावलाई राम्रोसँग चिन्छु-हिगुइन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 505 पटक हेरिएको

नेप्लेज,इन्टर मियामीका फरवार्ड गोन्जालो हिगुइनले क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी दुवैको साथमा अन्य खेलाडीले भन्दा अधिक खेलहरु खेलेका छन् ।

हिगुइनले क्रिस्टियानो रोनाल्डोसँग रियल म्याड्रिड र युभेन्टसमा खेलेका थिए, र अर्जेन्टिनाका लागि लियोनेल मेस्सीसँग एकसाथ खेलेका छन् ।

मेस्सी  र रोनाल्डो दुबैसँग खेलेका उनले २०१४ को विश्वकप अघि आफु नै विश्वको उत्कृष्ट नम्बर ९ रहेको बताएका छन् भने उनले मेस्सी र रोनाल्डोसँग खेल्दाको समयबारे पनि टिप्पणी गरेका छन् ।

‘क्रिस्टियानो र मेस्सीलाई बुझ्ने कुरा तपाईमाथि निर्भर छ,मैले उनीहरूसँग सब भन्दा धेरै खेलहरु खेलें किनभने म दुबैलाई राम्ररी बुझ्छु,मलाई थाहा छ उनीहरूलाई के मन पर्छ र के मनपर्दैन, कसरी उनीहरूले बढी सहज र अत्यन्त असहज महसुस गर्छन पनि म बुझ्छु’ हिगुइनले ला नासियनसँगको अन्तवार्तामा भनेका छन् ।

‘मैले उनीहरूसँग खेलको खेलहरुमा १०० प्रतिशत झगडा गर्ने प्रयास गरिन र तेहीँ भएर उनीहरूले महसुस गरे कि तिनीहरू पनि ममा निर्भर छन्,मैले दुबै उत्कृष्ट खेलाडीसँग खेलेको छु र मैले दुबैबाट धेरै कुरा पनि सिकेको छु’ अर्जेन्टिनाी हिगुइनले भने ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey