धनगढी एफसीले आइकोनिक खेलाडीमा किरण र प्रशिक्षकमा युगल किशोर राईलाई अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०१-०२
  • |
  • 490 पटक हेरिएको

नेपालमा पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग फुटबलका लागि धनगढी एफसीले आइकोनिक खेलाडीका रूपमा राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बुलाई अनुबन्ध गरेको छ ।

यस्तै प्रशिक्षकमा युगल किशोर राईलाई भित्र्याएको छ । उनी टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । ३७ बर्षे राई एएफसी ए लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले यसअघि झापा ११, सी डिभिजन मा झापा फुटबल क्लब र बी डिभिजन लिगमा बासबारी क्लबलाई प्रशिक्षण दिएका थिए ।

उनले नेपालकालागि २ खेल खेलेका थिए । उनले सन् २००८ मा पाकिस्तान बिरुद्धको खेलमा डेब्यु गरेका थिए ।

पछिल्लो समय भारतको आईलिगमा पञ्जाबबाट खेलिरहेका किरण पहिलो संस्करणको एनएसएल धनगढीबाट खेल्ने पक्का भएको हो ।

उनी गत सिजन आईलिगकै उत्कृष्ट खेलाडी घोषित बनेका थिए ।

धनगढीले पत्रकार सम्मेलनको आयोजना गर्दै बिहीबार किरणलाई आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो । क्लबले यसअघि नै राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राईलाई कार्की प्लेयरको रूपमा भित्र्याइसकेको छ भने अक्सनबाट १४ जना खेलाडी पनि किनिसकेको छ ।

धनगढीले अक्सनबाट सौजन राई, रूपेश केसी, विजय श्रेष्ठ, योगेश गुरुङ, युद्ध शाही, निराजन महर्जन, विवेक बस्नेत, निशान खड्का, टंक बस्नेत, अशोक खवास, दिनेश राजवंशी, टेकेन्द्र थापा, पुजन उपरकोटी र दर्शन गुरुङलाई किनेको थियो ।

आइकोनिक प्लेयरको रूपमा सार्वजनिक भएसँगै किरणले पाँच वर्षपछी राष्ट्रिय फुटबलमा फर्किनका लागि आफू उत्साहित रहेको बताए ।

एनएसएलका लागि क्लबहरूले राम्रा विदेशी खेलाडीहरू भित्र्याइरहेको बताउँदै किरणले भने- एनएसएलका लागि उत्कृष्ट खेलाडी देखिरहेको छु । यस्ता खेलाडीहरूको सहभागीताले नेपाली फुटबललाई माथिल्लो स्तरमा पुर्‍याउँछ भन्ने विश्वास छ ।’

सुपर लिगमा मुख्य प्रशिक्षकको रूपमा आफूलाई मौका दिएकोमा प्रशिक्षक युगलले क्लबलाई धन्यवाद् दिँदै फ्रेन्चाइज लिगको सुरुआत फुटबलको विकासका महत्त्वपूर्ण हुने बताए ।

‘म धनगढीलाई जित दिलाउन आफ्नो पक्षबाट सबै कुरा दिन तयार छु,’ किरणले भने ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey