ललितपुरले भित्र्यायो क्रोयसियन स्ट्राइकर

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२९
  • |
  • 402 पटक हेरिएको

नेपाल सुपर लिग फुटबल खेल्ने तयारीमा रहेको ललितपुर सिटी एफसीले विदेशी खेलाडीको कोटामा क्रोयसियाबाट स्ट्राइकर झिकाएको छ । ललितपुरले क्रोयसियाका भिलिम पोनिस्कोभिकलाई झिकाएको हो ।

ललितपुर क्लवले भिलिमलाई मुख्य स्ट्राइकरका रुपमा टिममा अनुबन्ध गरेको छ । उनको अनुबन्धको रकम भने बताएको छैन । अञ्जन विष्ट मार्की खेलाडी रहेको ललितपुरले टिमलाई झन मजबुट बनाउने लक्ष्यका साथ उनलाई अनुबन्ध गरेको हो ।

यूरोपियन क्लवमा फुटबल खेलेको अनुभव भएका भिलिम पछिल्लो पटक बोस्निया हर्जगोविनामा लिग फुटबल खेलेका थिए । उनी आइतबार काठमाडौं आइपुगेका छन ।

एनएसएलका लागि ललितपुर सिटीले एफसीले तयारी सुरु गरिसकेको छ । जसमा उनी चाँडै समावेश हुने ललितपुरले बताएको छ । भिलिमको स्वागतमा त्रिभुवन विमानस्थलमा क्लवका पदाधिकारी पुगेका थिए । भिलिमले नेपालमा खेल्न आउँदा खुसी लागेको र नयाँ अनुभव हुने बताएका छन ।

प्रदिप हुमागाँई मुख्य प्रशिक्षक रहेको ललितपुर सिटी एफसीले अक्सनबाट १४ खेलाडीलाई अनुबन्ध गरेको थियो । बैशाख ११ देखि २५ गतेसम्म हुने प्रतियोगिताका लागि सबै टिमले आन्तरीक तयारी सुरु गरिसकेका छन ।

ललितपुरले अक्सनबाट खरिद गरेका खेलाडीमा निरज बस्नेत, पल्साङ लामा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नविन लामा, विनोद गुरुङ, प्रवेश दनुवार, कमल श्रेष्ठ, एरिक विष्ट, विमल राना, रोहित कार्की, सरोज योन्जन, रन्जन विष्ट, अर्पन कार्की छन

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey