दक्षिण अफ्रिकाविरुद्धकाे पहिलाे टी-२० खेलमा पाकिस्तान विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 291 पटक हेरिएको

दक्षिण अफ्रिकाविरुद्धकाे पहिलाे टी-२० खेलमा पाकिस्तान चार विकेटले विजयी भएको छ । जितसँगै पाकिस्तानले सिरिजमा एक शुन्यकाे अग्रता बनाएकाे छ  ।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनायो ।

उसका लागि एडम मार्करम र कप्तान हेनरिक क्लासेनले अर्धशतकीय पारी खेले । मार्करमले ३२ बलमा आठ चौका र एक छक्कासहित ५२ र क्लासेनले २८ बलमा चार छक्का र दुई चौकाको मद्दतमा ५० रन बनाए ।

त्यस्तै, पीटभान भिल्जोनले २४ बलमा दुई छक्कासहित ३४ रनको योगदान दिए । जान्नेमान मलान २४ रनमा आउट हुँदा अन्यले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद नवाज, हसन अलीलले दुई/दुई, हरिस रौफ र शाहीनसाह अफ्रिदीले एक/एक विकेट लिए ।

जवाफमा पाकिस्तानले १९ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्याे । उसका लागि ओपनर मोहम्मद रिजवानले उत्कृष्ट पारी खेले । उनले ५० बलमा नौ चौका र दुई छक्कासहित अविजित ७४ रन बनाए ।

त्यस्तै, फहीम असरफले ३०, फखर जमानले २७, हैदर अलि, बाबर आजमले १४/१४ र मोहम्मद अफीजले १३ रनको योगदान दिए ।

बलिङमा ब्युरन हेन्ड्रिक्सले तीन, तरबीज शम्सीले दुई र लिजाड विलियम्सले एक विकेट लिए ।

यो जितसँगै तीन खेलेको सिरिजमा पाकिस्तानले १-० को अग्रता बनाएको छ । यी दुई टिमबीचको दोस्रो खेल सोमबार हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey