नेपाल प्रिमियर लिग यो बर्ष नहुने, खेलाडीको बर्गिकरणका लागि नयाँ सिफारिस समिती गठन

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२७
  • |
  • 226 पटक हेरिएको

नेपाल क्रिकेट संघ क्यानको ड्रिम योजनाका रुपमा रहेको नेपाल प्रिमियर लिग यो बर्ष नहुने भएको छ । कोरोनाको असर, तयारी नपुगेको भन्दै यो बर्ष एनपीएल हुने संभावना निकै कम भएको क्यान स्रोतले बताएको छ ।

यो बर्ष इपीएल हुने, राष्ट्रिय टिमको पनि प्रतियोगिता पर्ने र तयारी पर्याप्त नहुने भएकाले २०२१ मा एनपीएल नहुने स्रोतले बतायो ।

क्यानले यसअघि १० बर्षका लागि ४२ करोडमा भारतीय कम्पनीलाई एनपीएलको जिम्मा दिएको थियो । जसका लागि एक बर्ष अगाडी नै सम्झौतामा हस्ताक्षर भएको थियो । तर त्यसको चौतर्फि विरोध भएपछि क्यानले पर्ख र हेरको अवस्थामा बसेको थियो ।

यस्तै कार्यसमितीको बैठकले उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा महिला तथा पुरुष खेलाडीको बर्गिकरण सिफारि समिती बनाएको छ । जसको सदस्यमा प्रतियोगिता समिती संयोजक प्रशान्त मल्लसहित सञ्जय सिंह सदस्य रहेका छन । जसमा दुई जना एक्सपर्टलाई सो सिफारिस समितीले तोक्न पाउनेछ ।

यस्तै नेपालमा हुँदै आएका फ्रेन्चाइजी लिगका विषयमा पनि क्यानको बैठकले छलफलमा राखेको थियो । जसमा नयाँ फ्रेन्चाइजी लिग गर्न नदिने र इपीएल पनि २०२० को भएकाले अगाडी बढाउन दिइएको बताइएको छ ।

यस्तै बैठकले टी १० र टी २० क्रिकेट प्रतियोगितालाई अहिलेका लागि थाती राख्ने अवस्थामा पुगेको छ । नेपाल स्पोर्टस एण्ड एभेन्ट्स म्यानेजमेन्टले प्रस्ताव गरेको टी १० र टी २० क्रिकेटमा क्यानले पहिलो संस्करणको आफ्नो फ्रेन्चाइजी लिग गरेर मात्र टी १० मा हात हाल्ने बताएको छ ।

क्यानले २०२१ को खेलाडीको बर्गिकरणका लागि बनाएको सिफारिस समितीले दिएका आधारमा नयाँ बर्गिकरण हुने भएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey