बलियाे नेपाल कपकाे सेमिफाइनल समिकरण पुरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२६
  • |
  • 284 पटक हेरिएको

भैरहवामा जारी बलियो नेपाल कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।

जसमा पहिलो सेमिफाइनलमा रुकुम ११ र रुपन्देही ११ विच प्रतिस्पर्धा हुनेछ । यस्तै दोस्रो सेमिफाइनलमा रोल्पा ११ र कपिलबस्तु ११ खेल्नेछन ।

लिग चरणको अन्तिम खेलमा रुपन्देहीले रुकुम ११ लाई एक सय २४ रनले हरायो ।

पहिले ब्याटिङ गरेको रुपन्देहीले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५७ रन बनायो ।

जवाफमा रुकुम १२ ओभर तीन बलमा मात्र ३३ रनमा अलआउट भयो ।

अर्को खेलमा रोल्पा ११ ले कपिलबस्तु ११ लाई एक विकेटले हरायो ।

पहिले ब्याटिङ गरेको कपिलवस्तुले १४ ओभर पाँच बलमा ८५ रनमा अलआउट भयो ।

जवाफमा रोल्पा १९ ओभर तीन बलमा ८६ रन मात्र बनाउन सक्यो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey