सुदिप र मिलन फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२५
  • |
  • 498 पटक हेरिएको

चैत २५ गते, ललितपुर । गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नोभा साकोस ललितपुरका सुदिप तामाङ्ग र मनास्लु बहुउदेशीय सहकारीका दोलखाका मिलन लामा फाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न सेमिफाइनलको दोश्रो खेलमा सुन्दर साकोस हेटौडाका कृष्ण थापा र सुदिपबीचको बीचको खेल बराबरी भयो । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेक खेलमा पहिलो खेल बराबरी र दोश्रो खेलमा कृष्ण थापाको समय सिद्धिएपछि सुदिपको फाइनल यात्रा तय भयो ।

ललितपुरको ताम्रकार भवनमा संचालन भइरहेको प्रतियोगिताको सेमिफाइनलको अर्को बोर्डमा गजुरमुखी चेस क्लब राजन सुबेदीले पहिलो हारको बदला लिंन्दै मिलनलाई हराए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर फाइनलमा सीट पक्का गरे ।

ललितपुर स्पोर्टस् क्लब र ताम्रकार समाजद्धारा संयुक्त रुपमा आयोजित प्रतियोगिताको लिगतर्फ आज आठौं राउण्डको खेल सम्पन्न भयो । जसमा दोलखा चेसका सुमित पन्त, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब जोरपाटीका फिडेमास्टर क्षितिज भण्डारी र कामना साकोस ललितपुरका फिडेमास्टर सुजेन्द्रप्रसाद श्रेष्ठ समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा छन् ।

यस प्रतियोगिताका विजेताले यामाहा मोटरसाइकल, उपविजेताले नगद ६० हजार, तृतीयले ३० हजार र चौथौंले २५ हजार हात पार्नेछन् । त्यस्तै लिगतर्फ प्रथमले २५ हजार, दोश्रोले १५ हजार, तेश्रोले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने कुल नगद पुरस्कार रु.५,६१,४०० रहेको छ ।

भोलि बिहान ८ः०० बजे फाइनल खेल र बिहान ११ः०० बजे लिगतर्फ नवौं चरणको खेल हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey