सिमरा गोल्डकप चैत्र ३१ गतेदेखि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 1008 पटक हेरिएको

मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा पर्ने जितपुर–सिमरा गोल्डकपको एघारौँ संस्करण चैतको अन्तिम सातादेखि शुरु हुने भएको छ ।

आयोजक नव जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत्र ३१ गतेदेखि सुरु हुने जानकारी गराएको हो।

दशौँ संस्करणसम्म सिमरा गोल्डकपका नामले सञ्चालन गरिएको उक्त प्रतियोगितालाई यसवर्ष ‘जीतपुरसिमरा गोल्डकपको नामले नामांकरण गरिएको आयोजकले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता २० गतेदेखी शुरु हुने भनिए पनि ब्यवस्थापन तयारी नपुगेकाले खेल अनिश्चित बनेको थियो ।

तर हाल सबै तयारी पुरा भएकोले चैत्र ३१ गतेदेखि सुरु गर्ने तयारी भएको आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले बताएका छन् । सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, आयोजक र मोफसलका ६ गरी १२ टिमको सहभागीता रहने छ । १० औँ संसकरणसम्म दिउँसोको समयमा सन्चालनमा हुँदैआएको प्रतियोगिता यसवर्ष साँझको समयमा सञ्चालन हुने छ ।

त्यसका लगि मैदानमा फ्लड लाईट जडान गरिएको आयोजकले जनाएको छ । पुरस्कार राशीमा आयोजकले यस वर्ष १६ प्रतिशतले वृद्धि गरेको छ । जसअनुसार प्रतियोगिताको बिजेताले सात लाख र उपबिजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछन् ।

२०७५ माघमा सञ्चालन भएको अघिल्लो संस्करणका विजेताले ६ लाख र उपविजेताले तीन लाख हजार प्राप्त गरेका थिए। गतवर्ष भने कोरोना भाईरसको महामारीका कारण प्रतियोगीता स्थगीत भएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey