सुदुरपश्चिमले प्रदेश एकलाई एक सय ३० रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२४
  • |
  • 184 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले प्रदेश एकलाई एक सय ३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर स्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा चार विकेट गुमाउँदै एक सय २९ रन बनायो ।

सुरुवात राम्रो गर्न नसकेको सुदुरले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो । उसकी मन्जु बोकटी शुन्य रनमा नै आउट भइन ।

तर दोस्रो विकेटका लागि रेवती धोमी र विन्दु रावलले ७४ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । जसमा रेवतीले ३० रन बनाइन ।

त्यसपछि तेस्रो विकेटका लागि विन्दु र कविता जोशीले ३७ रनको साझेदारी गरिन । जसमा विन्दुले अर्धशतकीय पारी खेलिन । उनले ५८ बलमा ५२ रनको योगदान गरिन । जसमा उनले चार चौका प्रहार गरिन ।

अन्तिममा कविताले २१ रन बनाइने भने डोली भट्टले आठ रन बनाइन । बलिङमा सबनम राईले दुई विकेट लिइन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey