बागमती गाेल्डकपकाे उपाधि थ्रीस्टारले जित्याे

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 369 पटक हेरिएको

बागमती गोल्डकपको उपाधि थ्रीस्टार क्लवले जितेको छ ।

सर्लाहीमा भएको फाइनलमा थ्रीस्टारले अफ्रिकन रुट्स एसोसियसनलाई तीन दुई गोल अन्तरले पराजित गर्दै यो सिजनको पहिलो उपाधि उचाल्यो ।

थ्रीस्टारको जितमा मनिश डाँगी, निशान खड्का र रुपेश केसीले एक एक गोल गरे । अफ्रिकनका एमफोम र मौसाले एक एक गोल गरे ।

थ्रीस्टारले अफ्रिकी रुट्सको दुई गोलको अग्रतालाई उल्ट्याएको हो ।

खेलको १२ औं मिनेटमा एमफोमले गोल गर्दै अफ्रिकी रुट्सलाई अग्रता दिलाएका थिए । त्यसपछि २९ औं मिनेटमा मौसाले अफ्रिकी रुट्सको अन्तर दुई शुन्यमा पुर्याए ।

पहिलो आधा घण्टामा नै दुई गोलले पछि परेको थ्रीस्टारले दोस्रोहाफमा उत्कृष्ट कमब्याक गर्न सफल भयो ।

५८ औं मिनेटमा मनिस डाँगीको गोलमा थ्रीस्टारले अन्तर दुई एकमा पुर्यायो । त्यसपछि ६१ औं मिनेटमा निशान खड्काले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल दुई दुई गोलको बराबरीमा पुर्याए ।

इन्जुरी समयमा थ्रीस्टारले पेनाल्टीको अवसर पायो । अफ्रिकी रुट्सका डिफेन्डरले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई रुपेश केसीले गोलमा परिणत गरे ।

त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र थ्रीस्टारले उपाधि जितेको छ । यो उपाधि जितेको केहि समयपछि नै थ्रीस्टार पोखरामा जारी आहा रारा गोल्डकप खेल्न जानेछ । त्यहाँ उसले नेपाल पुलिस क्लवसँग खेल्नेछ ।

उपाधिसँगै थ्री स्टारले ८ लाख नगद प्राप्त गरेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey