बलियाे नेपाल कप क्रिकेटः दाङ र बाँके विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२३
  • |
  • 286 पटक हेरिएको

रुपन्देहीमा जारी बलियो नेपाल कप यू-१६ टि–२० क्रिकेट प्रतियोगितामा दाङ र बाँके बिजयी भएका छन् । पहिलो खेलमा दाङले बर्दियालाई ६ विकेटले पराजित गर्यो भने बाँकेले पाल्पालाई तीन विकेटले हरायो ।

भैरहवा स्थित सिदार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले १९ ओभर दुई बलमा सबै विकेट गुमाएर ९८ रन बनायो । सौरभ चौधरीले २७ र नितेश कुमार यादवले १३ रन बनाए ।

दाङका आयुश ओली, सुजल ओली, सुमन दसौदी र प्रिस ओलीले दुई-दुई विकेट लिए । जवाफी ब्याटिङ गर्न आएको दाङले १८ ओभरमा लक्ष्य पूरा गर्यो ।

उसकालागि आशिष ओलीले २९, मनोज पुन मगरले २२ र बृश्रव सेन्चुरीले १५ रन जोडे ।

बलिङमा बर्दियाका बिशाल चन्द, रोहित सुनार, ज्ञानेन्द्र सिंह गज्मेर र नितिन न्यौपानेले एक÷एक विकेट लिए । आशिष ओली म्यान अफ दी म्याच घोषित भए ।

आजै भएको दोस्रो खेलमा बाँकेले पाल्पालाई तीन विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाल्पाले आठ विकेटको क्षतीमा एक सय २२ रन बनायो ।

उसकालागि रुपक सापकोटाले २४, सौगात गौतमले २१ र सुदिप जिसिले १९ रन जोडे । निशान्त आचार्यले तीन र अस्मित शाहीले दुई विकेट लिए ।

जवाफी ब्याटिङ गरेको बाँकेले १९ ओभर तीन बलमा लक्ष्य पूरा गर्यो । उसकालागि अनिरुद्र कुवरले ४१, अस्मित शाहीले १५ र श्रितिज श्रेष्ठले १३ रन बनाए । बिपिन भट्टराई र सुभव भुसालले दुई-दुई विकेट लिए ।

म्यान अफ दी म्याच अनिरुद्र कुवर भए । भोली गुल्मी र रुकुम तथा अर्घाखाँची र रोल्पाबीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey